Like us!
Follow us!
Connect us!
Watch us!

टुँडिखेलको सोनाम ल्होसार (फोटोमा )

मंगलबार, २२ माघ २०७५, १६ : २३ मा प्रकाशित

टुँडिखेलको  सोनाम ल्होसार (फोटोमा )

अर्थ संसार, काठमाडौं– तामाङ जाति ठूलो पर्व  ल्होछार मंगलबार धुमधामसँग मनाइएको छ । पर्वलाई प्रदेश नं ३ सरकारले  प्रदेशमा बिदादिइएको छ ।पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा फाग\ड्वा मल्हो मूल समारोह समितिले कार्यक्रमको आयोजना गरेको थियो ।  

तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउनुहुन्छ ।

ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवान्को प्रार्थना तथा पूजा गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

5c59753c7a1ab.jpg 5c59754710761.jpg 5c59754b5cf28.jpg 5c59754fc5d4f.jpg 5c59755ab821a.jpg 5c59756a95ca3.jpg 5c59756e87208.jpg 5c5975728b33e.jpg 5c5975759f898.jpg 5c5975781abd7.jpg 5c59757bdb0fa.jpg 5c59757c2af79.jpg 5c59757e268c9.jpg 5c59758ca9f56.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको