Like us!
Follow us!
Connect us!
Watch us!

नि शुल्क आँखा शिविरमा ४ सय ३५ जनाले लिए सेवा

मंगलबार, २२ माघ २०७५, १८ : ४७ मा प्रकाशित

नि शुल्क आँखा शिविरमा ४ सय ३५ जनाले लिए सेवा

एस.पी.गौरब

अर्थ संसार,  सर्लाही – सर्लाहीको लालबन्दीमा १ दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । लालबन्दी नगरपालीका वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीको प्राङ्गणमा भएको १ दिने

निशुल्क आँखा शिविरमा ४ सय ३५ जनाले सेवा लिएका आयोजकले जनाएको छ ।
सगरमाथा आँखा अस्पताल लाहानको प्राविधिक सहयोग तथा लायन्स एण्ड लियो क्लव अफ लालबन्दी सिटिको  आयोजनामा आँखा रोगीहरुको चेकजाँच तथा मोति बिन्दुका बिरामीहरुको निशुल्क उपचार भएको आयोजक लायन्स एण्ड लियो क्लव अफ लालबन्दी सिटिका सचिव  सरोज न्यौपानेले जानकारी दिनु भयो । आयोजकका अनुसार शिविरमा ८३ जना मोती बिन्दुका बिरामीलाई अप्र्रेशनको लागी सर्लाहीको मलङ्गवा पठाईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको