Like us!
Follow us!
Connect us!
Watch us!

युुनाइटेड इन्स्योरेन्सले १० बराबर २४ कित्ताको दरले हकप्रद जारी गर्ने (सूचनासहित)

बुधबार, २३ माघ २०७५, ११ : ४४ मा प्रकाशित

युुनाइटेड इन्स्योरेन्सले १० बराबर २४ कित्ताको दरले हकप्रद जारी गर्ने (सूचनासहित)

अर्थ संसार, काठमाडौं– युनाइटेड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको यही माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ताको दरमा  हकप्रद जारी गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४\७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नुपरेको उल्लेख गरेको छ ।

रु ३० करोड २४ लाख चुक्ता पूँजी रहेको इन्स्योरेन्सको प्रस्तावित हकप्रदपछि चुक्ता पूँजी रु एक अर्ब दुई करोड ८१ लाख ६० हजार पुग्नेछ ।

सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद जारी गरि पूँजीवृद्धि योजना बीमा समितिबाट स्वीकृत भई कम्पनीको  विशेष साधारण सभाबाट पारित भएपछि प्रक्रियामा जानेछ ।

5c5a78927c72a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको