Like us!
Follow us!
Connect us!
Watch us!

एभरेस्ट मः मः अस्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रान्चाईजी बिक्री गर्ने

बुधबार, २३ माघ २०७५, १३ : ०९ मा प्रकाशित

एभरेस्ट मः मः अस्ट्रेलियाले नेपाली स्ट्रीट फूड फ्रान्चाईजी बिक्री गर्ने

अर्थ संसार, काठमाडौं– एभरेस्ट मःमः अस्ट्रेलियाले, अस्ट्रेलियामा पहिलो पटक पहिलो नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्रि गर्ने निर्णय गरेको छ । यस एभरेस्ट मम अस्ट्रेलियाले ४४ भन्दा बढी विभिन्न प्रकारका मःमः हरु उपलब्ध गराउदै आएको छ ।

छोटो समयमा नै ग्राहकहरुको मन जीत्न सफल यस संस्थाले नेपाली वास्तविक मम को स्वाद अस्ट्रेलियाभरि पस्कदै संसारका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

यस व्यावसायमा निरन्तरता दिदै अस्ट्रेलियन स्थानीय गुणस्तरिय उत्पादनहरु प्रयोग गर्दै वस्तु, विकाश, स्वस्थ र स्वादिलो मःमः ग्राहकहरु समक्ष उपलब्ध गराउदै आएको छ । 

संग–संगै अगाडी बढौं भन्ने उद्देश्यका साथ सिड्नीको विभिन्न १० सर्ववहरु क्रमश, अर्वन, बोन्दाई, ब्ल्याक टाउन, हर्नस्की, हन्स्भी, लिभरपूल, मेन्ली, न्युट्रल वे, न्यु टाउन, रकडेलमा लगानी गर्न आव्हान गरेको छ  ।

यस व्यावसायमा थोरै लगानी, कम झन्झटिलो र थोरै मुनाफा रहेको र नयाँ अवसरको रुपमा रहेको यस संस्थाका संचालक सन्तोष अधिकारी र प्रमोद रिमाल बताउछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको