Like us!
Follow us!
Connect us!
Watch us!

७०३ स्थानीय तहमा पुगे बैंक

बुधबार, २३ माघ २०७५, १८ : ०४ मा प्रकाशित

७०३ स्थानीय तहमा पुगे बैंक

अर्थ संसार, काठमाडौँ –  कूल ७५३ स्थानीय तह मध्ये हालसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् ।

सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुर्याउने योजना अनुसार नै नेपाल राष्ट्र बैंकले शाखा स्थापना भए नभएको अनुगमन समेत गरिरहेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको लेकम गाँउपालिमाका इजाजत प्राप्त बैंकको शाखा कहिलेसम्ममा खुल्छ  र देशभरीमा सबै गाँउपालिकामा त्यस्तो सेवा कहिलेसम्ममा पुर्याउनु हुन्छ भन्ने भन्ने प्रश्नमा अर्थमन्त्री खतिवडाले त्यस्तो जवलाफ दिनु भएको हो ।

आगामी चैत मसान्त भित्र बाँकी रहेका ५० स्थानीय तह मध्ये ३० वटामा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्नेछन् । बाँकी रहने २० स्थानीय तहमा भने आगामी आवमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने अर्थमन्त्री डा खतिवडाको भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा नै सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पु¥याउने लक्ष्य राखेको र लक्ष्य अनुसार नै शाखा स्थापनाको काम सकारात्म्क रुपमा अगाडि बढीरहेको मन्त्री खतिवडाको भनाइ छ ।

स्थानीय तहमा बैंकका शाखा पुगे कि पुगेनन् भन्ने अनुगनम गर्ने कार्य नेपाल राष्ट्र बैंकले गरिरहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले स्थानीय तहको सुगमता र आर्थिक क्रियाकलाप तथा  कारोवारको अवस्था हेरे बैंक स्थापना हुन भएकाले सुगमतालाई पनि ध्यान दिने बताउनुभयो ।

सांसद रामबहादुर विष्टले गमीण क्षेत्रमा वृद्ध भत्ता वुझन् दुई दिनसम्म हिडेर जानुपर्ने भएकाले समस्या पैदा भएको भन्दै गाँउ घरमै जेष्ठ नागरिक भक्ता उपलब्ध गराउने वातावरण कहिले बन्छ भन्ने प्रश्न गर्नुभएको थियो ।

उहाँको प्रश्नको जवाफमा मन्त्री डा खतिवडाले क्रमशः क्रमशः पूर्वाधारको विकास गर्दै लैजाने र सहजै रुपमा सेवा सुविधा दिने योजनामा सरकार रहेको जानकारी गराउनुभयो ।

सांसद विरोध खतिवडाले ग्रामीण क्षेत्रमा इजाजत प्राप्त बैंकको शाखा कहिले खुल्ने प्रश्न गर्दै , निजी बैंकले गरेको  प्रतिवद्धता पूरा गर्न  उदासिना देखाएको भन्दै त्यस्ता बैंक तथा वित्तीय संस्थालाई कारवाही हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो ।

सांसद खतिवडाको प्रश्नमा अर्थमन्त्री डा खतिवडाले  सबै स्थानीय तहमा शाखा पुग्ने भन्दै बैंकको सुरक्षाका लागि सुरक्षित भवन पनि चाहिने भएकाले केही स्थानमा ढिलाई भएको जानकारी आफूलाई प्राप्त भएको बताउनुभयो ।

बैंक वित्तीय संस्था इजाजत लिएर नै चल्ने भएकाले त्यसक कुनै आशंका नगर्न आग्रह गर्नुभयो ।

सांसद  प्रेम सुवाल निजी बैंक गाँउमा पुग्न सक्ने तर सरकारी बैंक किन पुग्न सक्दैनन् भन्दै अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो ।

मन्त्री डा खतिवडाले सरकारी लगानीका वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक ७७ जिल्लामा सञ्चालनमा नै रहेको भन्दै सरकारी स्तरका बैंक धेरै ठाँउमा पुगेको र निजी क्षेत्रका बैंकलाई समेत प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभयो ।

सांसद डिला संग्रौलाले विदेशी मुद्रा सटहीमा गरिएको कडाईका कारण समस्या परेको गुनासो गर्नुभयो । सांसद गगनकुमार थापाले विदेशी मुद्रा सटही क्रमशः घट्दै जाने त होइन भन्ने प्रश्न गर्नुभयो । उहाँहरुको प्रश्नको जवाफमा अर्थमन्त्री डा खतिवडाले नेपालीको प्रतिव्यक्ति आयतका आधारमा डलर सटही सुविधा दिइएको बताउनुभयो ।

विगतमा दुई हजार ५०० अमेरिकी डलर सटही सुविधा प्राप्त हुँदै आएकोमा केही समय पहिले मात्रै त्यसलाई घटाएर एक हजार ५०० डलर बनाइएको छ ।

सरकारले विलासी वस्तुको आयात कम गर्ने प्रयास गरिरहेको भन्दै मन्त्री डा खतिवडाले विदेशी मुद्रा अनावश्यक रुपमा खर्च नगर्ने, आयात गर्ने वस्तुको सूचीमा समेत पुनरावलोकन गर्न सकिने उल्लेख गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको