Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगी व्यवसायी भन्छन्–‘बैंकको चर्को व्याजदरले मार्नु मार्यो’

विहीबार, २४ माघ २०७५, १२ : ०५ मा प्रकाशित

उद्योगी व्यवसायी भन्छन्–‘बैंकको चर्को व्याजदरले मार्नु मार्यो’

अर्थ संसार, काठमाडौं – बैंकको चर्को ब्याजदरबाट पीडित व्यवसायीले उत्पादनमूलक उद्योगमा दिइने पुनर्कर्जाको सीमा बढाउन र ब्याजदर घटाउन माग गरेका छन् ।

बैंकले अस्वाभाविक रुपमा ऋणको ब्याजदर बढाउँदा औद्योगिक क्षेत्रको उत्पादन लागत बढ्ने र महँगी नियन्त्रणबाहिर जाने भएकाले नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन हस्तक्षेप गर्नुपर्ने उद्योगीले बताएका छन् ।

उसै पनि नेपालका उद्योगको प्रतिस्पर्धी क्षमता कमजोर बन्दै गएको छ । त्यसमाथि बैङ्कको चर्को ब्याजले उद्योग सञ्चालन गर्नै कठिन भएको उद्योगीको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माका अनुसार  पुनर्कर्जाको सीमा कम भएको र ब्याजदर बढी हुँदा उद्योगी मारमा परेका छन् ।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगानीयोग्य पुँजीको सङ्कट र बढ्दो ब्याजदरले उद्योगी व्यवसायी मारमा परेको गुनासो गर्दै यसको दीर्घकालीन समाधान खोज्न आग्रह गर्छन् ।  

नेपाल बैंकर्स  सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपातसीमाले गर्दा तरल पुँजी स्थिर अवस्थामा रहेको बताउँदै यसलाई खुकुलो बनाउन माग गरे ।

उनले सीसीडी हटाए मात्रै एक खर्ब ५० अर्ब रुपैयाँ पुँजी परिचालन हुने अवस्था रहेको जानकारी दिए । ‘यो पुँजी मात्र दीर्घकालीन समाधान हैन,’ उनले भने । दीर्घकालका लागि पुनर्कर्जा र ऋणपत्र निष्कासनमा जोड दिन ढुङानाको सुझाव थियो । दीर्घकालीन ऋणपत्रले लगानीयोग्य पुँजी जुट्ने उनको भनाइ थियो ।

नेपाल वित्त कम्पनी सङ्घका अध्यक्ष सरोजकाजी तुलाधरले ब्याजको प्रिमियममा पुनरवलोकन गर्न आवश्यक रहेको बताए । गभर्नर डा. चिरञ्जीवी नेपालले सबैको सुझावलाई समेटेर मौद्रिक नीतिको समीक्षा गरिने जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको