Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति माइक्रोफाइनान्सको हकप्रद फागुन १३ गतेदेखि खुल्ने (विज्ञापनसहित)

विहीबार, २४ माघ २०७५, १६ : २१ मा प्रकाशित

उन्नति माइक्रोफाइनान्सको हकप्रद फागुन १३ गतेदेखि खुल्ने (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं– उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले फागुन १३ गतेबाट २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । हाल उन्नतीको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्कासनपछि पुँजी ६ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

यता, उन्नतिको वार्षिक साधारण सभा माघ २६ गते हुँदैछ । साधारण सभामा गत वर्षको कमाईबाट ४० प्रतिशत बोनस र २.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखिनेछ ।

अहिले बिक्री गर्न लागेको २० प्रतिशत  हकप्रद र प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ८ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । उन्नतीले उक्त पुँजीको फेरि २० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।

कहाँबाट आवेदन दिने ?

 संस्थाको हकप्रदमा उन्नतीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आबेदन दिन सकिनेछ ।  संस्थाको हकप्रदमा उन्नतीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आबेदन दिन सकिनेछ ।

5c5c0fc059348.jpg 5c5c0fc8a97dd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको