Like us!
Follow us!
Connect us!
Watch us!

आकर्षक योजना बोकेर उत्रिदै महालक्ष्मी लाइफ इन्स्योरेन्स (फोटोफिचर)

विहीबार, २४ माघ २०७५, १७ : ०३ मा प्रकाशित

आकर्षक योजना बोकेर उत्रिदै महालक्ष्मी लाइफ इन्स्योरेन्स (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– नेपालको सबै भन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले माघ २७ गते (आइतबार) वसन्त पञ्चमीको दिनबाट विधिवत् रुपमा कारोबार संचालन गर्ने भएको छ । 

कारोबार शुभारम्भसंगै कम्पनीले बीमा समितिबाट स्वीकृति लिए अनुरुप महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादीबीमा तथा महालक्ष्मी सावधिक बीमा गरी तीन किसिमको बीमा योजना बिक्री गर्ने गरी शुक्रबारको पत्रकार भेटघाट कार्यक्रमबाट सार्वजनिक गरेको छ ।

महालक्ष्मी डबली सावधिक बीमा योजना

यस योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्तिपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।

लगानी फिर्ता म्यादीबीमा

यस योजनामा बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तिपछि जम्मा गरेको बीमाशुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिनेछ ।

महालक्ष्मी सावधिक बीमा

यस योजना अन्तर्गत न्युनतम बीमा शुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ ।

उपरोक्त तीनवटा बीमा योजनामध्ये महालक्ष्मी डबल बीमा योजना र लगानीफिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौला बीमा योजना हुन् ।

कम्पनीले माघ भित्र काठमाडौं, वीरगंज, पोखराबाट कारोवार गर्दैछ भने इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार संचालनको तैयारीमा छ ।कार्यालय सजावट सकिए लगत्तै प्रधानकार्यालय र सातै प्रदेशमा कार्यालयहरु एकै पटक औपचारिक समुद्घाटनको तैयारी भइरहेको छ ।  

कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालयको स्वीकृति लिए अनुसार फागुुन भित्र बाँकी विर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ्ग, सुर्खेत, कोहलपुर, धनगढी र  जनकपुरमा शाखाकार्यालय खोलि सक्ने योेजना रहेको छ । २०७६ आषाढ भित्रमध्य पहाडी क्षेत्रका १२ वटा र काठमाण्डौं उपत्यका भित्र थप १० वटा समेत कूल ३५ वटा शाखा कार्यालय सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीकोे चुक्तापूँजी रु. २०० करोड  रहेको छ । संस्थापकहरुबाट रु. १४० करोड चुक्ता भइसकेको छ भने रु. ६० करोड सर्वसाधारणको लागि छुट्याइएको छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्ष मनोरञ्जन रमण शर्मा र सञ्चालकहरु उमेश  लालश्रेष्ठ, मोहन राजजोशी र सुरेश सापकोटा रहनु भएको छ । यस कम्पनीकोे कारोबारको पूनर्बीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूनर्बीमा नेपाल री सँग रहने छ ।

कम्पनीले आगामी आषाढ मसान्त सम्म ५ महिनामा करीब रु. ५० करोड बीमा शुल्क संकलन गर्ने लक्ष्य लिएर सम्पूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । कम्पनी सञ्चालन भएको २ वर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ वर्ष भित्र सम्पूर्ण जीवनबीमाकम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी हुने लक्ष्य लिएको प्रमुख कार्यकारी रमेशकुमार भट्टराईले बताए ।

 

5c5c28616799d.jpg 5c5c2864ea827.jpg 5c5c286994f98.jpg 5c5c286d9568b.jpg 5c5c286f56f79.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको