Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्स र सुमेरु हस्पिटलबीच सम्झौता

विहीबार, २४ माघ २०७५, १८ : ५४ मा प्रकाशित

अजोड इन्स्योरेन्स  र सुमेरु हस्पिटलबीच सम्झौता

अर्थ संसार, काठमाडौं– अजोड इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल प्रा लि धापाखेल बीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट निर्देशक  दिलिपकुमार डंगोलले हस्ताक्षर गर्नु भएको हो ।

सम्झौता बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधी उपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटलबाट क्यासलेस अर्थात नगद रहित उपचार सेवा उपयोग गर्न पाउने छन ।

अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ्य बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थबीमा बारे सचेतना बृद्धि गर्ने उद्धेश्यले उक्त सम्झौता गरेको जनाएको छ ।

देशैभरीका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको रअब छिटै उपत्यका वाहिरका अस्पतालमा पनि सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडले

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको