Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि युनिभर्सल पावरको आइपिओ बिक्री खुला

शुक्रबार, २५ माघ २०७५, १० : ५४ मा प्रकाशित

आजदेखि युनिभर्सल पावरको आइपिओ बिक्री खुला

अर्थ संसार, काठमाडौं–  आजदेखि युनिभर्सल पावर कम्पनीले साधारण शेयर  (आइपिओ) बिक्री खुला भएको छ ।

कम्पनीले ९३ लाख २७ लाख ४१० कित्ता कित्ता साधारण शेयर निश्कासन गरेको हो ।  जसमा १ लाख ८६ हजार ५४८ कर्मचारी, ४ लाख ६६ हजार १५० कित्ता सामूहिक लागनी र बाँकी ८३ लाख ७४ हजार ४९२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

जुन पहिलो चरणमा स्थानीयवासीको लागि निश्कासन गरिएको शेयरमध्ये नविकेको १७ लाख ६६ हजार १५० कित्ता समेत रहेको छ ।

आवेदन दिने अन्तिम म्याद कहिले ?

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको अनुसार लगानीकर्ताले माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै शेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न सकिने व्यवस्था छ । इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ ।

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ५,६ र ८  मा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजनाकोे निर्माण तिव्र गतिमा भइरहेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

आयोजनाले अहिले हेडवक्र्स,पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइनको निर्माण गरिरहेको आयोजनाका प्रोजेक्ट म्यानेजर अनुप थापाले अर्थ संसारलाई बताए ।आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने आयोजनाका प्रोजेक्ट म्यानेजर थापाले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको