Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको आइपीओ बाँडफाँड हुँदै

शुक्रबार, २५ माघ २०७५, ११ : ३९ मा प्रकाशित

आशा लघुवित्तको आइपीओ बाँडफाँड हुँदै


अर्थ संसार, काठमाडौं– काठमाडौं – आशा लद्युवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ)  आज दिउँसो बाँडफाँड हुँदैछ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा  दिउँसो ३ बजे आइपीओ बाँडफाँट हुने भएको हो । आशाले  माघ १८गतेदेखि निश्कास गरेको आइपिओमा कुल १ अर्ब १८ करोड ४९ लाख १५ हजार रुपैयाँको आवेदन परेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

 कुल ३ लाख १३ हजार जनाले १ करोड १८ लाख ४९ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । गोलाप्रथाबाट ६२ हजार ९९३ जनाले मात्र आइपीओ पाउने भएकाले २ लाख ५० हजार जनाको हात खाली हुनेछ ।

आशाले ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको  थियो  । जसमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयर सर्वसाधारणलाई बेचिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको