Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सलको IPO खुल्यो , १०० कित्ताभन्दा वढी पाईने सम्भावना

शुक्रबार, २५ माघ २०७५, १४ : ४९ मा प्रकाशित

युनिभर्सलको IPO खुल्यो , १०० कित्ताभन्दा वढी पाईने सम्भावना

अर्थ संसार, काठमाडौं – दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लो खारे खोला जलविद्युत  आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनी लि. ले २०७५ माघ २५ देखि माघ २९ गते सम्म सार्वजनिक शेयर निष्काशन गरेको छ ।

कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो । गत ४–५ वटा सार्वजनिक निष्काशन भएको शेयरको आवेदकको सख्यालाई हेर्दा यो कम्पनीको शेयरमा १०० कित्ता भन्दा माथि नै लगानी गर्दा इच्छा अनुसार शेयर पार्न सक्ने सम्भावना देखिन्छ ।

शेयरको माग संख्यालाई हेर्दा यदि  ८६७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६७४४०० कित्ता शेयर वाँडफाँड हुनेछ । जबकि कम्पनीले ८६,७४,४९२ कित्ता शेयर बेच्दैछ । यसरी हेर्दा ढुक्क भएर १०० कित्ता भन्दा बढीनै आवेदन गर्नु उपयुक्त देखिन्छ ।

5c5d571f6d169.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको