Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको आईपीओ बाँडफाँट

शुक्रबार, २५ माघ २०७५, १५ : ५६ मा प्रकाशित

आशा लघुवित्तको आईपीओ बाँडफाँट

अर्थ संसार,  काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ)  शुक्रबार बाँडफाँट भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलमा बाँडफाँट भएको हो ।

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १० हजार ३७० कित्ता शेयर कर्मचारीको लागि, ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणको लागि खुल्ला गरेको थियो ।

आईपीओमा कुल ३ लाख ९ हजार ७८२ जनाले अवोदन दिएका थिए । ६२ हजार ९९३ आवेदकले १० कित्ता शेयर पाएका छन् । ६ सय ७७ जनाको आवेदन रद्द भएको छ । कुल अवेदकमध्ये २ लाख ४६ हजार ११२ जना आवेदकको हात खाली भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको