Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सल पावरको आइपिओमा पहिलो दिन १२ करोड ८० लाखको आवेदन

शुक्रबार, २५ माघ २०७५, १८ : ४७ मा प्रकाशित

युनिभर्सल पावरको आइपिओमा पहिलो दिन १२ करोड ८० लाखको आवेदन

अर्थ संसार, काठमाडौं– युनिर्भसल पावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ)मा पहिलो दिन शुक्रबार करिव १३ करोडको आवेदन परेको छ ।

 कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार शुक्रबार १२ लाख  ८० हजार १ सय कित्ता शेयरको लागि आवेदन  परेको हो ।  क्यापिटलका अनुसार ११ हजार  २२१ आवेदकबाट उक्त शेयर माग भएको हो ।  

कम्पनीले माघ २५ गतेदेखि ९३ करोड २७ लाख ४१ हजार रुपैयाँ बराबरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ निष्काशन गरेको हो ।

कूल निष्काशित शेयरमध्ये एक लाख ८६ हजार ५४८ कित्ता शेयर कर्मचारीहरुलाई र ४ लाख ६६ हजार ३७० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आबेदन गर्न सकिनेछ ।

कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ता सम्म आबेदन गर्न सकिनेछ । आइपिओमा छिटोमा माघ २९ गतेसम्म र सो समयमा सबै शेयर नबिकेमा ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति सदस्यता लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

१०० कित्ता भन्दा बढी पर्ने सम्भावना

दोलखा जिल्लाको खारे कोरिडोरमा ११ म.वा.क्षमताको तल्लो खारे खोला जलविद्युत  आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनी शुक्रबारदेखि निश्कासन गरेको आइपिमामा  आवेदन दिने लागनीकर्तालाई १०० कित्ता भन्दा बढी पर्ने देखिएको छ ।

कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो । गत ४–५ वटा सार्वजनिक निष्काशन भएको शेयरको आवेदकको सख्यालाई हेर्दा यो कम्पनीको शेयरमा १०० कित्ता भन्दा माथि नै लगानी गर्दा इच्छा अनुसार शेयर पार्न सक्ने सम्भावना देखिन्छ ।

शेयरको माग संख्यालाई हेर्दा यदि  ८६७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६७४४०० कित्ता शेयर वाँडफाँड हुनेछ । जबकि कम्पनीले ८६,७४,४९२ कित्ता शेयर बेच्दैछ । यसरी हेर्दा ढुक्क भएर १०० कित्ता भन्दा बढीनै आवेदन गर्नु उपयुक्त देखिन्छ ।

5c5d81ad7619a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको