Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्त वित्तीयको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

सोमबार, २८ माघ २०७५, ११ : ०२ मा प्रकाशित

छिमेक लघुवित्त वित्तीयको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफा समेतबाट शेयरधनीलाई १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था : आइतवार, २७ माघ २०७५ भदौ २२ गते नै लाभांश प्रस्तावको निर्णय गरेको कम्पनीले हालसम्म साधारणसभाको मिति तय गरेको छैन । पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा रू. ३९ करोड २३ लाख ५५ हजार खुद नाफा गरेको उल्लेख छ । कम्पनीले गतवर्ष पुस मसान्तसम्ममा रू. २१ करोड ५९ लाख ४३ हजार खुद नाफा गरेको थियो । गतवर्षको ६ महीनाको तुलनामा यस वर्ष ८१ दशमलव ६९ प्रतिशत खुद नाफा बढाउन कम्पनी सफल देखिएको छ । कम्पनीले हाल ६७ जिल्लामा १ सय ३४ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै वित्तीय पहँच नपुगेका २१ जिल्लाका अति विकट क्षेत्रमा ७८ ओटा डिजिटल प्वाइन्ट मार्फत सेवा दिँदै आएको कम्पनीको भनाइ छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । प्रस्तावित लाभांश वितरणपछि रू. १ अर्ब १८ करोड पुग्नेछ । गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको यही अवधिमा कम्पनीको चुक्तापूँजीमा कुनै परिवर्तन देखिएको छैन ।

  • गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा जगेडा कोष रकममा उल्लेख्य वृद्धि भएको छ । गत आव रू. ७३ करोड १० लाख ४९ हजार रहेको जगेडा कोष रकम चालू आवमा १ सय १३ दशमलव ५५ प्रतिशत बढेर रू. १ अर्ब ५६ करोड ११ लाख ५० हजार पुगेको छ ।

  • कम्पनीले गत वर्षभन्दा यस वर्ष लगानी पनि बढाएको छ । गत वर्षको ६ महीनामा रू. ३५ करोड ८२ लाख लगानी गरेको कम्पनीले यस वर्ष ९८ दशमलव ६० प्रतिशत बढी रू. ७१ करोड १४ लाख गरेको छ ।

  • चालू आवमा कम्पनीले गत आवको भन्दा ३८ प्रतिशत बढी रू. १ अर्ब ६५ करोड ३१ लाख ६६ हजार ब्याज आम्दानी गरेको छ । यस्तै ब्याजमा गत आवको भन्दा ३८ प्रतिशत बढी रू. ८४ करोड ५६ लाख ११ हजार खर्चिएको छ ।

  • स्थिर सम्पत्ति गत आवको भन्दा ८१ प्रतिशत बढेर रू. २० करोड ४८ लाख ६४ हजार र अन्य सम्पत्ति ३३ प्रतिशत बढेर रू. ३२ करोड ६७ लाख ९५ हजार पुगेको छ ।

  • निष्क्रिय कर्जा शून्य दशमलव २३ प्रतिशत कायम रहेको कम्पनीको खराब कर्जा संकलन गत आवको भन्दा ४ प्रतिशत कम छ । गत आव रू. ६१ लाख ८ हजार खराब कर्जा उठाएको कम्पनीले चालू आव रू. ५८ लाख ५० हजार उठाएको हो ।

  • चालू आवमा कम्पनीले कर्मचारी खर्च शीर्षकमा गत आवको भन्दा ६ प्रतिशत बढी रू. ३१ करोड १९ लाख ९८ हजार खर्चिएको छ । अन्य सञ्चालन खर्च शीर्षकमा गत आवको भन्दा ८ प्रतिशत बढी रू. ५ करोड ४१ लाख खर्चिएको छ ।

  • पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ७८ दशमलव ४७, मूल्य आम्दानी अनुपात ११ दशमलव शून्य ५ गुणा, प्रतिशेयर नेटवर्थ रू. २ सय ५६ दशमलव १२ र तरलता अनुपात १९ प्रतिशत छ । बिहीवारको शेयर मूल्य रू. ८ सय ७७ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.०१७ गुणा

  • अर्निङ यिल्ड रेशियो : ८.९४ प्रतिशत

निष्कर्ष 
कम्पनीको ६५ दिनको कारोबार अवधिको अन्तिम दिन कालो ओपनिङ मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । आरएसआई न्युट्रल जोन ५३ दशमलव ३९ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४२ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा माथि रहेको छ । पछिल्लो शेयरमूल्य रू. ८ सय ७७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. ८ सय ९५ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ८ सय ६८ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको