Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजार घट्दा युनिभर्सलको IPO मा अवसर ! मागेजति नै पाउन सकिन्छ, भोलिदेखी बन्द

सोमबार, २८ माघ २०७५, १२ : २४ मा प्रकाशित

दोस्रो बजार घट्दा युनिभर्सलको IPO मा अवसर ! मागेजति नै पाउन सकिन्छ, भोलिदेखी बन्द

अर्थ संसार, काठमाडौं– दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मे.वा. क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना बनाईरहेको युनिभर्सल पावरले सार्वजनिक शेयर निष्काशन (आइपिओ) गरेको छ । हाल जलविद्युतमा गत ४–५ वटा सार्वजनिक निष्काशन भएको कम्पनीको मागलाई हेर्दा यो कम्पनीको शेयरमा धेरै भन्दा धेरै लगानी गर्नु उपयुक्त हुन्छ ।

दोस्रो बजारको घटाईले पिडामा परेका लगानीकर्तालाई युनिभर्सल पावरको IPO मा लगानीगनलाई अवसर हुने भएको छ । माग र विक्रीमा आएको शेयरलाई हेर्दा एकसय रुपैयाँमै चाहे जत्ति शेयर पाईने देखिएको छ । दोस्रो बजारमा शेयरको मुल्य घटी रहँदा एकसय रुपैयाँमै शेयर पाउनु अवसर हो । प्रर्वद्धकले यो आयोजनामा गत८ वर्षदेखि लगानी गरेको शेयर विना अतिरिक्त मुल्य यानिकी प्रिमियमन जोडी पाउनु लगानी गर्नेको लागि अवसर नै हो । यसअघि यस्तो अवसर २०६५/२०६६ मा नेप्से घट्दा लगानीकर्ताले पाएका थिए । तल्लो खारेको निर्माण लागत २०४ करोडलाई हेर्दा यो आयोजना निर्माण हुँदा देशमै ४०० देखि ५०० जनाले गत २ वर्षबाट रोजगारी पाएका छन् भने मुलुक भित्र रहेका सिमेन्ट, छड, सवारी साधन, क्रसर व्यवसायीले मात्र यस कम्पनीबाट भण्डै १६० करोडको ब्यापार गरेका छन् ।

विकट क्षेत्रमा यो आयोजनामा गएर गौरिशंकर गाउँपालिकाको एक क्षेत्रको ठूलै विकास भएको छ । यो आयोजनाबाट बिद्युत उत्पादन पछि ३३ करोड जत्तिको बिद्युत बिक्री हुनेछ । जुन कुरालाई अर्थतन्त्रमा लेराएर जोड्दा बिद्युत बिक्री रकमको १० गुणा बढी अन्य क्षेत्रले समयको वचत , बिद्युतबाट चल्ने कलकारखानाबाट हुने उत्पादन लगायत राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमा नै ३ अर्ब जतिको योगदान हुन पुग्दछ । यसबाट ग्यास, पेट्रोलियम पदार्थ लगायतमा देशले गर्नुपरेको खर्च कमभई मुलुकको सोधनान्तर घाटा लाई समेत बचतमा परिणत गर्न सहयोग पुग्नेछ ।

यस कम्पनीको नेतृत्व गरेको कम्पनी CEDB Hydropower Development Co. Ltd. ले यो आयोजना भन्दा पहिले ३ वटा जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरि सकेको छ । जसमा लमजुङ्ग बिद्युत विकास कम्पनीबाट स्याङ्गे जलबिद्युतआयोजना १८३ कि.वा., राधीजलबिद्युतकम्पनी लिमिटेड बाट ४.४ मे.वा. को राधी जलबिद्युत आयोजना र बुटवल पावर कम्पनीसंग मिलेर खुदी ४ मे.वा. को आयोजना पर्दछन् । निजी क्षेत्रकै अति सस्तो लागत र छिटो सम्पन्नगरि लाभांस बाड्ने कम्पनीको रुपमापनि राधी जलबिद्युत कम्पनीको रुपमापनि राधी जलबिद्युत कम्पनीलाई लिन सकिन्छ । यो आयोजना संगै यस CHDC कम्पनीले लम्जुङ्ग दोर्दी १ जलविद्युत आयोजना १२ मे.वा. र रुकुममा ५ मे.वा. को रुकुमगढ आयोजना बनाई रहेको छ ।

यूनिभर्सलले बनाई रहेको तल्लो खारे खोला जुनगौरिशंकर गाउँपालिकामा निर्माण भइरहेको छ । सो आयोजनाको पेनस्टक पाइपतर्फ २ हजार २ सय मिटर जडान भइसकेको छ भने पावर हाउसको वाल तथा कोलमको ढलान कार्य द्रुतगतिमा अगाडी बढी रहेको छ । आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादनहुने बिजुली १३२ केभी सिंगटी सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त प्रसारण लाइनलाई आवश्यक जग्गा लिजमा लिने प्रक्रिया अगाडी बढेको छ ।

आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया हुने अनुमान छ । ०७६ साउन देखि बिद्युत उत्पादनगर्ने लक्ष्य राखिएको आयोजना निर्माणको काममा एक दिनपनि अवरुद्ध भएको छैन । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुछ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलास बिकाश बैंकले संयुक्त रुपमा लगानी गरेको छ ।

5c6159e0e5315.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको