Like us!
Follow us!
Connect us!
Watch us!

टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

सोमबार, २८ माघ २०७५, १७ : ०४ मा प्रकाशित

टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा पुनर्निर्मित विद्यालय भवनको हस्तान्तरण

अर्थ संसार, काठमाडौं– टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाको सहयोगमा हालै पुनर्निर्माण गरी हस्तान्तरण गरिएको श्री शारदा उच्च माध्यमिक विद्यालयको भारतीय राजदूत महामहिम मञ्जीव सिंह पूरीद्वारा उद्घाटन भयो ।

“नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना” को एक अंगको रुपमा टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थाद्वारा सिन्धुपाल्चोकमा निर्माण गरिएको श्री शारदा उच्च माध्यमिक विद्यालयको सो भवन अत्याधुनिक भूकम्प निरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको छ । गत अप्रिल २०१५ को भूकम्पद्वारा सो विद्यालयको कक्षाहरु, विज्ञान प्रयोगशाला तथा अन्य सेवाहरु समेत विद्यालयमा अधिक क्षति पुग्न गएको थियो ।

सो विशेष कार्यक्रममा भारतका पूर्व सूचना तथा प्रसार मन्त्री एवं टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार  वी. एस. तारापोरवाला, सिप्रदी कम्पनीजका निर्देशक  शम्भु प्रसाद दाहाल, सि.ई.ओ. राजनबाबु श्रेष्ठ, सि.ओ.ओ.  राजेश प्रसाद गिरी तथा उपाध्यक्ष  सौरभ थपलियाका साथै टाटा ट्रस्टकी क्षेत्रीय प्रमुख सुश्री अमृता पतवर्धन, वरिष्ठ क्षेत्रीय व्यवस्थापक श्री धारानी रत्नो तथा नेपालका क्षेत्रीय व्यवस्थापक  ताम लाल पोखरेलको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

साथै, उक्त हस्तान्तरण समारोहमा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी सुपरिवेक्षक, डिएलपीआईयु प्रमुख, आर्मी प्रमुख, बाह्रबिसे नगरपालिका प्रमुख तथा वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त समारोहमा भारतका पूर्वमन्त्री तथा टाटा ट्रस्टका वरिष्ठ सल्लाहकार  वी. एस. तारापोरवालाले भन्नुभयो, “२०१५मा नेपालमा आएको भूकम्प ज्यादै दूर्भाग्यपूर्ण भएको र सो भूकम्पले धेरैको ज्यान गएको, घर तथा विद्यालयहरुको क्षति भएको, धेरै परिवारहरु निर्वासित हुनुका साथै उनीहरुको जीवनयापनमा समेत नराम्रो असर पर्न गयो ।” उक्त भुकम्पको असर कम गर्न टाटा ट्रस्टले पहलकदमी लिएको छ ।

त्यसैगरी सो समारोहमा बोल्नुहुँदै भारतीय राजदूत महामहिम मञ्जीव सिंह पूरीले “नेपाल तथा भारतको बीच प्राचीन काल देखि मैत्री सम्बन्ध र दुवै मुलुकबीच आपसी सम्मान रहिआएको छ ।” भन्ने कुरा बताउनुभयो । साथै नेपालको आर्थिक विकास अभियानमा सधैं भारतको सहयोग रहने कुरामा जोड दिनुभयो ।

उक्त समारोहमा विद्यालयका प्रधानाध्यापक  तोयनाथ नेपालले भूकम्प पश्चात् विद्यालय भवनमा क्षति भएकोले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताउनुभयो । उहाँले कक्षाहरु भूकम्पले नष्ट भएकोले भवन बाहिर समेत अध्यापन गर्न परेको कुरा बताउनुभयो । उहाँले टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थालाई विद्यालय पुनर्निमाणमा प्राप्त अतुलनीय सहायताको लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

सो पुनर्निर्मित विद्यालयमा १२ वटा कक्षाहरु, लिङ्गभेदी, अपाङ्गमैत्री, सेवा सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेका छन् । सो भवन पूर्ण रुपमा सुविधा तथा सामग्रीहरुले सुसज्जित भएको तथा भूकम्प निरोधक र अपाङ्गमैत्री प्रविधि सहित निर्माण गरिएको छ ।

टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा “नेपाल भूकम्प पूनव्र्यस्थापन परियोजना” को समन्वयमा सातवटा बिद्यालय र स्वास्थ्यचौकि पुनर्निमाणमा सहयोग गर्दै आइरहेको छ । श्री शारदा उच्च माध्यमिक बिद्यालय, श्री जल्पादेवी माध्यमिक बिद्यालय, श्री कुपकन्या माध्यमिक बिद्यालय, श्री मार्मिङ आधारभुत बिद्यालय, श्री तपिनारायण आधारभुत बिद्यालय, श्री जनज्योति आधारभुत बिद्यालय, र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निमाण अन्तिम चरणमा पुगिसकेको छ । जसले गर्दा बिद्यार्थी, शिक्षक र समुदायलाई दिगो रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

यसका अतिरिक्त सिप्रदीयन सहायता संस्थाका उपाध्यक्ष समेत रहनुभएका  शम्भु प्रसाद दाहालले भन्नुभयो, “यो पुनव्र्यवस्थापना परियोजनाहरुको कार्यान्वयनका लागि केही वर्ष देखि हामी तन मन धनले लागि रहेका छौं ।” सिप्रदीयन सहायता संस्थाद्वारा परियोजनाको इन्जिनियरिङ्ग, संरचना, प्रविधि देखि पूर्ण सुविधासम्पन्न तथा सामग्रीले भरिपूर्ण कक्षा निर्माण गर्न साना साना कुरामा समेत पूर्ण रुपले ध्यान दिएको जानकारी गराउनुभयो । साथै उहाँले “कम्पनीको सामाजिक दायित्व सम्बन्धी कार्यका लागि हामी सधैं तयार छौं तथा भविष्यमा पनि यसलाई सुचारु राख्नेछौं ।” भन्नुभयो ।

टाटा ट्रस्टका बारे जानकारी

टाटा ट्रस्ट विगत १०० वर्ष देखि जीवन्त रहेको तथा भारतको सबैभन्दा पूराना, गैर साम्प्रदायिक परोपकारी संस्थाहरु मध्येको एक संस्था हो । यसको स्थापना काल देखि नै टाटा ट्रस्टले परम्परागत परोपकारी सेवा सम्बन्धि धारणालाई रुपान्तरीत गरी प्रत्यक्ष रुपमा समुदायमा सेवा पुर्याउने खालको समाजसेवी कार्यको थालनी गर्न अग्रणी भूमिका खेलेको

छ । यस ट्रस्टद्वारा अनुदानद्वारा वा प्रत्यक्ष कार्यान्वयन एवं सहभागिताको दृष्टिकोणले स्वास्थ्य तथा सुपोषण, जल तथा सफाई, उर्जा, शिक्षा, ग्रामिक जीविकोपार्जन, प्राकृतिक स्रोत व्यवस्थापन, सहरी क्षेत्र गरीबी निवारण, नागरिक समाजको परिमार्जन तथा सुशासन, पत्रकारिता, कला, कौशल र संस्कृति तथा विविध रोजगारी आदि विभिन्न क्षेत्रमा अन्वेषण गर्ने कार्यमा सहयोग गर्दै आएको छ ।
सिप्रदीयन सहायता संस्थाबारे जानकारी

सिप्रदीयन सहायता संस्था एक लाभनिरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था

हो । यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ । यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो । यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ ।

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको छ । यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको