बिहिबार, ०५ भदौ २०७६
सिएमसी करीयर क्विजको उपत्यका बाहिरको अडिसन सम्पन्न
सोमबार, २८ माघ २०७५

अर्थ संसार, काठमाडौं– मिटिङ्ग प्वाइन्ट प्रा.लि ले आयोजना गरेका सिएमसी करीयर क्विजको ९ औ संस्करणको उपत्यका बाहिरको अडिसन भव्यताका साथ सम्पन्न भएको छ ।

सिएमसी करियज क्विजको अडिसन माघको तेस्रो साता देखि पोखराबाट शुरु भएको हो । माघ २० गते पोखरामा सम्पन्न भएको अडिसन माघ २२ गते बुटवल मा सम्पन्न भएको हो । यस्तै माघ २४ गते चितवनमा अडिसन सम्पन्न भएको थियो भने विराटनगरमा माघ २७ गते सम्पन्न भयो ।

पोखरामा सम्पन्न अडिसनबाट गण्डकी स्कुल, के इ एफ सेकेण्डरी स्कुल र सगरमाथा स्कुल गरि ३ वटाटिमले क्वालिफाइङ राउण्ड खेल्नकालागिआफ्नो स्थान सुरक्षितगरेका छन भने बुटवल अडिसनबाट न्यु होराइजन सेकेण्डरी स्कुल, कालिका सेकेण्डरी स्कुल र अक्सफोर्ड कलेजको गरि ३ टिम क्वालिफाइङ राउण्डका लागि छानिएका छन ।

यस्तै चितवन अडिसन बाट सनराइज सेकेण्डरी स्कुल, गुरुकुल कलेज र जनज्योती पि डि एम स्कुल छनौट भएका छन । उता बिराटनगर अडिसनबाट हिमालयन सेकेण्डरी स्कुल, शिक्षादिप बोर्डिङ सेकेण्डरी स्कुल  र मेरिल्याण्ड सेकेण्डरी स्कुल का टिमले क्वालिपाइङ राउण्डका लागि स्थान बनाएका छन ।

उपत्यका बाहिरको अडिसन सकिएसंगै अब आउँदो फागुन २ गते काठमाडौं उपत्यकाका लागि अडिसन हुने आयोजक मिटिङ्ग प्वाइन्ट प्रा.लि ले जनाएको छ । अडिसनका लागि तोकिएको स्थानमा लिखित र मौखिक परिक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने छ । राजधानी र राजधानी बाहिरका प्रतिस्पर्धी मध्ये  कम्तिमा ५० टिमलाई छनोट गरिने आयोजकले जनाएको छ ।

क्विज प्रतियोगितामा सामेल हुनचाहने विद्यार्थी तथा विद्यालयले तोकिएको मिति र स्थानमा आफ्नो टिमको नाम दर्ता गर्नुपर्ने छ । सिएमसि करिअर क्विजको फेसबुक पेज तथा आयोजक मिटिङ्ग प्वाइन्टको आधिकारिक वेबसाइटमार्फत पनि क्विजमा सहभागिताका लागि  थप जानकारी प्राप्त गर्न सकिनेछ । दुवै ठेगानामा सहभागिताको फाराम समेत उपलब्ध गराइएको सिएमसी करियर क्विजका प्रमुख कार्यकारी निर्माता सुरेश सिम्खडाले बताउनुभएको छ ।

सन् २०१० देखि औपचारिकरुपमा सुरु भएको करिअर क्विजको यो ९ औ संस्करणहो । देशका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गर्ने प्रतियोगितात्मक कार्यक्रम करिअर क्विजका बिजेताटिमलाई नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्र र आकर्षक छात्र वृत्तिसमेत प्रदानगरिनेछ ।

कार्यक्रमका निर्माता तथा निर्देशक रजिन महर्जनका अनुसार नविनतम प्रबिधिको प्रयोगगरि छायांकन गरिने क्वालिफाइङ राउण्डदेखिका सबै खेलहरु एपीवानएचडी टेलिभिजनबाट आगामी  बैशाखको पहिलो  साताबाट प्रसारण गरिने छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved