Like us!
Follow us!
Connect us!
Watch us!

“लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा” योजनाको विजेता सार्वजनिक (विजेताको नामावलीसहित)

सोमबार, २८ माघ २०७५, १९ : ४६ मा प्रकाशित

“लक्ष्मी हातमा देवदर्शन शिवमको साथमा” योजनाको विजेता सार्वजनिक (विजेताको नामावलीसहित)

अर्थ संसार, काठमाडौं-“लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” उपभोक्ता योजना अन्तर्गत पुनः तेस्रो चरणको ६० भाग्यशाली कुपन विजेता मार्फत १२० जना विजेताहरुको नाम लक्की–ड्र गरी सार्वजनिक गरिएको छ । यस अघिनै पहिलो र दोस्रो चरणको लक्की–ड्र गरी २४० जना छनौटमा परिसकेका थिए । यस योजना अन्तर्गत भाग्यशाली विजेताहरुले काठमाडौं–गोसाईकुड–काठमाडौं हेलिकप्टर मार्फत देवदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् ।

तेस्रो चरणको लक्की–ड्र अन्तर्गत शिवम् सिमेन्ट्सले पत्रकारहरुको सहभागितामा आफ्नो आधिकारीक फेसबुक पेज मार्फत प्रतक्ष्य प्रसारण गरी जनकपुरबाट उक्त विजेताहरुको नाम सार्वजनिक गरिको थियो । यस अघिनै काठमाडौं र हेटौंडामा भएको लक्की–ड्र मा २४० जना भाग्यशाली विजेताहरु छनौट गरिनुका साथै अधिकांश विजेताहरुले हेलिकप्टर मार्फत गोसाइकुण्ड देवदर्शन यात्रा गरि सकेका छन् ।  

यस योजनामा हालसम्म १८० कुपन मार्फत ३६० जना छनौट भई सकेका छन् भने अझै १२२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्टले यहि पुस ५ गते देखी “लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा” नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार रु.१०० देखि १००० सम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । यस योजनाको छोटो समयमै ग्राहक महानुभावहरुले उल्लेख्य संख्यामा सहभागिता जनाई दिनु भएको थियो ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिता जनाई यस योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गहरुलाई हार्दिक धन्यवाद दिदैं अझै यस योजना अन्र्तगत Sure Shot क्जयत पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले No Compromise को नारा सहितविभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापनएवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथाशिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचानहो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, æQuality को मामलामा No CompromiseÆ तथा “अटुट COMPRESSIVE STRENGTHÆ जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफलभएको छ, जस्तै:  काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी । ISO: 9001, ISO:14001, OHSAS:18001, ISI, URS  प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधा दिदैँ आएको छ ।

5c6181634b926.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको