Like us!
Follow us!
Connect us!
Watch us!
आज फेरि ऋणपत्र जारी गरिँदै

राष्ट्र बैंकले सस्तो दरमा ४० अर्ब दिँदा पनि बैंकहरुले लिएनन

बुधबार, ०५ माघ २०७३, १० : ३६ मा प्रकाशित

राष्ट्र बैंकले सस्तो दरमा ४० अर्ब दिँदा पनि बैंकहरुले लिएनन

अर्थ संसार

काठमाडौं–बजारमा नगद नभएको हल्ला गर्ने बैंकरहरुले नेपाल राष्ट्र बैंकले सस्तो ब्याजमा ६ महिना चलाउन पाउने गरी दिएको ४० अर्ब रुपैयाँ लगेनन् ।  राष्ट्र बैंकले आज फेरि त्ति रकम बोलकबोल ब्याजदरमा बिक्री गर्ने सूचना राष्ट्र बैंकले जारी गरेको छ । राष्ट्र बैंकले असार मसान्तसम्म भुक्तानी गर्नु पर्ने गरी ६ महिनाका लागि ब्याज बोलकबोलमा ऋणपत्र बिक्री गर्ने योजना बनाएको छ। 

राष्ट्र बैंकले मंगलबार गरेको बोलकबोलमा न्युनतम सोमबारको अन्तर बैंक कारोबारको ब्याज दरभन्दा बढी ब्याज कबोल गर्नुपर्ने सर्त राखेको थियो । सोमबार अन्तर बैंक कारोबारको ३.७५ प्रतिशत ब्याज दर थियो । यसभन्दा बढी प्रस्ताव गरेर स्ट्यान्डर्ड चार्टर्ड बैंकले मात्रै १ अर्ब ५३ करोड रुपैयाँ लगेको छ । अरु ७ बैंकले भने मिलेर २ प्रतिशतभन्दा कम ब्याज दर तिर्ने गरी ९ अर्ब ५६ करोड रुपैयाँ लिने प्रस्ताव गरेका थिए । 

मंगलबार पूरै रकम नबिकेपछि बुधबार पुन उक्त ऋणपत्र बेच्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले मंगलबारको अन्तर बैंक ब्याज दरलाई आधार मानेर ऋणपत्र बिक्री गर्ने राष्ट्र बैंकको जनाएको छ ।  

बैंकहरुले लगानी गर्न रकम अभाव भएको भन्दै कोकोहोलो गरेपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको ऋणपत्र सोझै खरिद गर्न सक्ने गरी निस्कासन गरेको हो । बैंकहरुले राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र नगद प्रवाह कायम राख्न पाएका हुन् । ऋण लगानी गर्न नपाउने भएपछि बैंकहरुले ऋणपत्र खरिद गर्न चासो नदेखाएको बताएका छन् । 

यसअघि राष्ट्र बैंकले बैंकहरुलाई तरलता व्यवस्थापन गर्न २ पटक गरेर ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । रिपो छोटो समयका लागि उपलब्ध गराउने नगद सुविधा हो । अन्तर बैंक कारोबारको ब्याज दरमै रकम दिँदा नलिने बैंकहरुलाई तरलताको त्यति धेरै समस्या नपरेको देखाउँछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको