Like us!
Follow us!
Connect us!
Watch us!

युनिभर्सलको आइपिओमा ७६ करोड ८२ लाखको आवेदन, लगानी गर्ने समय थप

मंगलबार, २९ माघ २०७५, १९ : २७ मा प्रकाशित

युनिभर्सलको आइपिओमा ७६ करोड ८२ लाखको आवेदन, लगानी गर्ने समय थप

अर्थ संसार, काठमाडौं– युनिभर्सल पावर कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपीओ) मा ७६ करोड ८२ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीका अनुसार मंगलबार साँझसम्ममा ८६ हजार १८७ जनाले ७६ लाख ८२ हजार ८२० कित्ताका लागि आवेदन दिएका हुन् । अझै ९ लाख ९१ हजार ६७२ कित्ताका लागि मात्र आवेदन पर्न बाँकी देखिएको छ ।

शेयर निश्कासन बन्द हुने छिटो समय अवधिभित्र आवेदन नपरेकाले आइपिओमा लगानी गर्ने समय थप गरिएको छ । बुधबारपनि आइपिओमा आवेदन सक्नुहुनेछ । यदि बुधबार सवै आवेदन परेको खण्डमा बिहीबार नै आवेदन लिने कार्य बन्द पनि हुन सक्नेछ ।

त्यसो त कम्पनीले आवश्यक मात्रामा आवेदन नपरेपछि ढिलोमा फागुन २६ गतेसम्म भर्न सकिने गरी समय बढाइसकेको छ । कम्पनीले गत माघ २५ गतेदेखि  ८६ लाख ७४ हजार ४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको थियो ।  लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्  ।

कहाँ कहाँबाट आवेदन दिन सकिनेछ ?

यस कम्पनीले निश्कासन गरेको आइपिओमा नेपाल धितापत्रबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट, अनलाइनमार्फत सि आस्वा प्रणाली मार्फत घरमै बसीबसी शेयरमा आवेदन दिन सकिन्छ । त्यसै गरी विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौ, नक्साल र युनिभर्सल पावर लिमिटेड, त्रिपुरेश्वर, काठमाडौबाट पनि शेयर आवेदन दिन सकिनेछ ।

१०० कित्ता भन्दा बढी पर्ने सम्भावना

दोलखा जिल्लाको खारे कोरिडोरमा ११ म.वा.क्षमताको तल्लो खारे खोला जलविद्युत  आयोजना बनाईरहेको युनिभर्सल पावर कम्पनी शुक्रबारदेखि निश्कासन गरेको आइपिमामा  आवेदन दिने लागनीकर्तालाई १०० कित्ता भन्दा बढी पर्ने देखिएको छ । गत ४–५ वटा सार्वजनिक निष्काशन भएको शेयरको आवेदकको सख्यालाई हेर्दा यो कम्पनीको शेयरमा १०० कित्ता भन्दा माथि नै लगानी गर्दा इच्छा अनुसार शेयर पार्न सक्ने सम्भावना देखिन्छ ।

शेयरको माग संख्यालाई हेर्दा यदि  ८६७४४ जना लगानीकर्ताले आवेदन गरेमा सबैलाई १०० कित्ताका दरले ८६७४४०० कित्ता शेयर वाँडफाँड हुनेछ । जबकि कम्पनीले ८६,७४,४९२ कित्ता शेयर बेच्दैछ । यसरी हेर्दा ढुक्क भएर १०० कित्ता भन्दा बढीनै आवेदन गर्नु उपयुक्त देखिन्छ ।

दोस्रो बजारको घटाईले पिडामा परेका लगानीकर्तालाई युनिभर्सल पावरको क्ष्एइ मा लगानीगनलाई अवसर हुने भएको छ । माग र विक्रीमा आएको शेयरलाई हेर्दा एकसय रुपैयाँमै चाहे जत्ति शेयर पाईने देखिएको छ । दोस्रो बजारमा शेयरको मुल्य घटी रहँदा एकसय रुपैयाँमै शेयर पाउनु अवसर हो । प्रर्वद्धकले यो आयोजनामा गत८ वर्षदेखि लगानी गरेको शेयर विना अतिरिक्त मुल्य यानिकी प्रिमियमन जोडी पाउनु लगानी गर्नेको लागि अवसर नै हो ।

यसअघि यस्तो अवसर २०६५\२०६६ मा नेप्से घट्दा लगानीकर्ताले पाएका थिए । तल्लो खारेको निर्माण लागत २०४ करोडलाई हेर्दा यो आयोजना निर्माण हुँदा देशमै ४०० देखि ५०० जनाले गत २ वर्षबाट रोजगारी पाएका छन् भने मुलुक भित्र रहेका सिमेन्ट, छड, सवारी साधन, क्रसर व्यवसायीले मात्र यस कम्पनीबाट भण्डै १६० करोडको ब्यापार गरेका छन् ।

विकट क्षेत्रमा यो आयोजनामा गएर गौरिशंकर गाउँपालिकाको एक क्षेत्रको ठूलै विकास भएको छ । यो आयोजनाबाट बिद्युत उत्पादन पछि ३३ करोड जत्तिको बिद्युत बिक्री हुनेछ । जुन कुरालाई अर्थतन्त्रमा लेराएर जोड्दा बिद्युत बिक्री रकमको १० गुणा बढी अन्य क्षेत्रले समयको वचत, बिद्युतबाट चल्ने कलकारखानाबाट हुने उत्पादन लगायत राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमा नै ३ अर्ब जतिको योगदान हुन पुग्दछ । यसबाट ग्यास, पेट्रोलियम पदार्थ लगायतमा देशले गर्नुपरेको खर्च कमभई मुलुकको सोधनान्तर घाटा लाई समेत बचतमा परिणत गर्न सहयोग पुग्नेछ ।

यस कम्पनीको नेतृत्व गरेको कम्पनी CEDB Hydropower Development Co. Ltd. ले यो आयोजना भन्दा पहिले ३ वटा जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरि सकेको छ । जसमा लमजुङ्ग बिद्युत विकास कम्पनीबाट स्याङ्गे जलबिद्युतआयोजना १८३ कि.वा., राधीजलबिद्युतकम्पनी लिमिटेड बाट ४.४ मे.वा. को राधी जलबिद्युत आयोजना र बुटवल पावर कम्पनीसंग मिलेर खुदी ४ मे.वा. को आयोजना पर्दछन् । निजी क्षेत्रकै अति सस्तो लागत र छिटो सम्पन्नगरि लाभांस बाड्ने कम्पनीको रुपमापनि राधी जलबिद्युत कम्पनीको रुपमापनि राधी जलबिद्युत कम्पनीलाई लिन सकिन्छ । यो आयोजना संगै यस CHDC कम्पनीले लम्जुङ्ग दोर्दी १ जलविद्युत आयोजना १२ मे.वा. र रुकुममा ५ मे.वा. को रुकुमगढ आयोजना बनाई रहेको छ ।

यूनिभर्सलले बनाई रहेको तल्लो खारे खोला जुनगौरिशंकर गाउँपालिकामा निर्माण भइरहेको छ । सो आयोजनाको पेनस्टक पाइपतर्फ २ हजार २ सय मिटर जडान भइसकेको छ भने पावर हाउसको वाल तथा कोलमको ढलान कार्य द्रुतगतिमा अगाडी बढी रहेको छ । आयोजनाले अहिले हेडवक्र्स, पाइपलाइन र पावरहाउस तथा प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादनहुने बिजुली १३२ केभी सिंगटी सबस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त प्रसारण लाइनलाई आवश्यक जग्गा लिजमा लिने प्रक्रिया अगाडी बढेको छ ।

आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया हुने अनुमान छ । ०७६ साउन देखि बिद्युत उत्पादनगर्ने लक्ष्य राखिएको आयोजना निर्माणको काममा एक दिनपनि अवरुद्ध भएको छैन । आयोजनामा बैंक अफ काठमाडौंको नेतृत्वमा सानिमा बैंक, माछापुछ्रे बैंक, कुमारी बैंक, जनता बैंक, लक्ष्मी बैंक र कैलास बिकाश बैंकले संयुक्त रुपमा लगानी गरेको छ ।

5c62cede2f8b1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको