Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

बुधबार, ०१ फागुन २०७५, १० : ५९ मा प्रकाशित

सिद्धार्थ बैंकको शेयर किन्नु अघि हेरौं यो कम्पनी विश्लेषण

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको वितरणयोग्य नाफा रू. ८७ करोड ५ लाख रहेको छ । गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत वृद्धि भएको हो । कम्पनीको गत आवको दोस्रो त्रैमासमा वितरणयोग्य नाफा रू. ७१ करोड ७४ लाख थियो ।

सिद्धार्थ बैंक : कम्पनी विश्लेषण (आइतवार, २० माघ २०७५) चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको नाफाबाट कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले ८ दशमलव १६ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ । चुक्तापूँजी रू. ८ अर्ब ८८ करोड रहेको छ । रिजर्भ कोषमा रू. ५ अर्ब १९ करोड छुट्ट्याएको छ ।

कम्पनीको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले दोस्रो त्रैमाससम्ममा रू. १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ भने रू. ९७ अर्ब ५० करोड कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २४ प्रतिशत र कर्जा प्रवाह २६ प्रतिशत वृद्धि भएको हो ।

  • रू. ६ अर्ब ८ करोड ब्याज आम्दानी गरेको छ भने रू. ३ अर्ब ७९ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च ४७ प्रतिशत वृद्धि भएर रू. ७१ करोड ५० लाख पुगेको छ भने अन्य सञ्चालन खर्च रू. ३८ करोड २३ लाख रहेको छ ।

  • खुद ब्याज आम्दानी ४९ प्रतिशत बढेर रू. २ अर्ब २८ करोड र सञ्चालन नाफा २२ प्रतिशत बढेर रू. १ अर्ब ५२ करोड रहेको छ । निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत, पूँजी कोष लागत र पूँजीकोष पर्याप्तता १३ दशमलव १६ प्रतिशत रहेको छ ।

  • दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी रू. २४ दशमलव ७०, मूल्य आम्दानी अनुपात ११ दशमलव ८६, तरलता अनुपात २१ दशमलव शून्य ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ५८ दशमलव ४८ रहेको छ । बिहीवारको शेयरमूल्य रू. २ सय ८७ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.००६ गुणा

  • अर्निङ यिल्ड रेशियो : ८.५ प्रतिशत

  • खरीद चाप : बिहीवार कम्पनीको शेयर कारोबारमा अन्तिम समयसम्म विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म १५ हजार २ सय ११ कित्ता शेयर खरीद गर्ने माग र ७ हजार १ सय ८७ कित्ता शेयर विक्री गर्ने माग छ ।

निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लंगलेग्ड डोजी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य घट्ने बढ्ने कुनै पनि निश्चित संकेत देखाउँदैन । आरएसआई न्युट्रल जोन ४१ दशमलव ४८ विन्दुमा छ । यसले शेयर खरीद विक्री चाप सन्तुलनामा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव ६७ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।
यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । यी दुई रेखाभन्दा हालको मूल्य तल छ । बिहीवारको शेयरमूल्य रू. २ सय ८७ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. २ सय ९२ मा प्रतिरोध र सस्तिएमा रू. २ सय ८३ मा टेवा पाउने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको