Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सले हकप्रद शेयर निश्कासन गर्दै

बुधबार, ०१ फागुन २०७५, ११ : १८ मा प्रकाशित

नेपाल इन्स्योरेन्सले हकप्रद  शेयर निश्कासन  गर्दै

अर्थ संसार, काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनीले १ बराबर शून्य दशमलव ६५ प्रतिशत (१ः०.६५) अनुपातमा फागुन २१ गतेदेखि चैत २५ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दैछ ।

कम्पनीले शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको ४० लाख १४ हजार ६ सय ५१ दशमलव ५८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । दोस्रो सोमवार  ३ सय ७८ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता  १ सय अंकित दरमा खरीद गर्न पाइने छ ।

कम्पनीको माघ २५ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनी हुनाले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सि आस्बाको सदस्ययता लिएका बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण शाखामा आवेदन दिन सकिन्छ ।

हाल कम्पनीको चुक्तापूँजी  ६१ करोड ७६ लाख रहेको छ । हकप्रद शेयर निष्कासन पछि पूँजी  १ अर्ब १ करोड पुग्नेछ । इक्रा नेपालले कम्पनीको हकप्रद शेयरलाई ग्रेड ४ रेटिङ गरेको छ । यसले कम्पनीको हकप्रद शेयरको अवस्था आधारभूत पक्षभन्दा कमजोर रहेको देखाउँछ । कम्पनीको समग्र वित्तीय अवस्थाको आधारमा रेटिङ प्रदान गरिएको हुन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको