Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्स नाफामा लम्कदै, कमायो २८ करोड

बुधबार, ०१ फागुन २०७५, १२ : ४४ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स नाफामा लम्कदै, कमायो २८ करोड

अर्थ संसार, काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद मुनाफा २८ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा बीमाले नाफा २७ करोड ९६ लाख रुपैयाँ कमाएको थियो ।

 ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बीमाले जगेडा तथा कोषमा ३ अर्ब ७३ करोेड ६१ लाख रुपैयाँ र जीवन विमा कोषमा ५६ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी १० दशमलव ८५ प्रतिशतले घटेर ४६ करोड ६ लाख रुपैयाँ पुगेको छ भने खर्च पनि २३ दशमलव ७२ प्रतिशतले घटेर १८ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १० अर्ब ४७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ भने गत वर्ष सोहि अवधिमा कम्पनीले ७ अर्ब १४ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन (खुद) गरेको थियो । कम्पनीले यस अबधिमा ५ अर्ब २० करोड रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत वर्ष सोहि अवधिमा २ अर्ब २५ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल बीमा शुल्क ७९ अर्ब १५ करोड ९४ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी ५ अर्ब ४२ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अबधिमा १२ लाख ९ हजार ७२० वटा (संख्या) बीमालेख जारी गरेको छ भने २८ हजार ४४८ वटा (संख्या) भुक्तानी दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १२ दशमलब ७६ रुपैयाँ, पि ई अनुपात ८६ दशमलब ५२ गुणा, प्रति शेयर नेटवर्थ १ सय ९३ दशमलब ३८ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार ४ सय ८४ रुपैयाँ रहेको छ ।

बजारमा नयाँ १० वटा जीवन बीमा कम्पनी आउदा पनि कम्पनीले आफुलाई थप सुधार गर्न सफल भएको छ। सबैभन्दा उच्च प्रतिफल, समयानुकुल बजार प्रबर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरि हितका क्षेत्रमा काम गरेर आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको कम्पनीले जनाएको छ।

5c63c20fda207.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको