Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको एफपिओ किन्नेहरु नराम्ररी फसे, वित्तीय विवरण यस्तो

बुधबार, ०१ फागुन २०७५, १६ : ५७ मा प्रकाशित

बुटवल पावरको एफपिओ किन्नेहरु नराम्ररी फसे, वित्तीय विवरण यस्तो

अर्थ संसार, काठमाडौं -बुटवल पावर कम्पनीको  खुद नाफा २२.८८ प्रतिशत र जगेडा कोष ४० प्रतिशतले बढेको छ । प्रतिशेयर आम्दानीमा भने रु ६ ले घटेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटवल पावरले रु ७५ करोड ८२ लाख खुद नाफा गरेको छ । यो गत वर्षको तुलनामा रु १४ करोड ११ लाख बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले रु ६१ करोड ७० लाख नाफा आर्जन गरेको थियो।

यस्तै सो अवधिमा कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ८१ करोडबाट ३४.७९ प्रतिशत अर्थात रु ६२ करोड ९९ लाख बढेर रु २ अर्ब ४४ करोड पुगेको छ । पूँजी वृद्धि उच्च हुँदा प्रतिशेयर आम्दानी घटन गएको हो ।

गत वर्ष पुस मसान्तमा वार्षिक प्रतिशेयर आम्दानी रु ६८ आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा रु ६२ रुपैयाँ झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रु २७३ र मूल्य आम्दानी अनुपात ६.०४ गुणा बढी छ ।

सो अवधिमा कम्पनीले विद्युत्त बिक्रीबाट हुने आम्दानी घटेर रु ३८ करोड ४० लाख मात्र आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ५.१५ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कम्पनीले विद्युत्त बिक्री गरेर रु ४० करोड ४८ लाख आम्दानी गरेको थियो । कम्पनीसँग चल अचल गरि रु ८ अर्ब बढीको सम्पत्ति रहेको छ । थप सार्वजनिक निष्काशनमा शेयर किनेका भने डुबेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको