Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालय उद्घाटन गर्ने, यस्तो छ तयारी

बुधबार, ०१ फागुन २०७५, १८ : १९ मा प्रकाशित

बिहिबार प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालय उद्घाटन गर्ने, यस्तो छ तयारी

अर्थ संसार, काठमाडौं– नेपालको बहुप्रतिक्षित पानी जहाज सञ्चालनको लागि आवश्यक प्रक्रिया सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि  बिहिबार ललितपुरको  एकान्तकुनामा पानी जहाज कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै भारतले नेपाल आउने पानी जहाज चल्ने मार्गको विस्तृत परियोजना प्रतिवेदन समेत तयार पारीसकेको छ ।

भारतको पानी जहाज मन्त्रालयले नेपालको नारायणी नदीमा चलाउने गरी कार्ययोजना बनाएको छ । भारतले सिमा भन्दा ४० किलोमिटर तल बाघासम्मको डीपीआर तयार पारेको जानकारी नेपाललाई दिएको छ ।

नेपालमा पानी जहाजको सम्भावना खोज्न गठित समितिका संयोजक माधव बेलबासेले दासढुंगासम्म पानी जहाज ल्याउन सकिने तथ्य पत्ता लागेको जानकारी दिए ।

कूल ३ मिटर गहिराई र ६० मिटर चौडाईको नदिमा १५ सय मेट्रिक टन भारवहन क्षमताका पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनबाट देखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको