Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापारिक साझेदारी

बुधबार, ०१ फागुन २०७५, १८ : ५९ मा प्रकाशित

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापारिक साझेदारी

अर्थ संसार, काठमाडौँ – सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ ।

सम्झौता पश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्रा्ष्ट्रिय विदेशी विनिमयसँग सम्बन्धित सुविधा निर्वाध प्राप्त गर्न सक्ने सनराइज बैंकले जनाएको छ ।

सम्झौताबाट गरिमा विकास बैंकका ग्राहकको बैंकिङसम्बन्धी सम्पूर्ण आवश्यकता सहज पूरा हुने सनराइजद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको