Like us!
Follow us!
Connect us!
Watch us!

‘जनताको जलविद्युत आयोजना कार्यक्रम शुभारम्भ हुने’

विहीबार, ०२ फागुन २०७५, १० : १६ मा प्रकाशित

‘जनताको जलविद्युत आयोजना कार्यक्रम शुभारम्भ हुने’

अर्थ संसार, काठमाडौं– उर्जा मन्त्रालयले ७ खर्ब रुपैयाँ उठाएर १९ वटा जलविद्युत आयोजना अघि बढाउने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले मन्त्रीको कार्यभार सम्हालेसँगै स्वेतपत्र जारी गर्नुभएको थियो । मन्त्री पुनले झन्डै ३ करोड जनतालाई नै जलविद्युतमा जोड्ने योजना सार्वजनिक गरेपछि उक्त आयोजनाको उदघाटन हुँदैछ ।

‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ नारा दिएर ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ अघि बढाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ ।

सातै प्रदेशबाट १९ जलविद्युत आयोजना छनोट गरी तिनमा हरेक नागरिकको सेयर लगानी गर्ने योजना छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० ले तयार गरेको अवधारणापत्रमा ती आयोजनामा ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लगानी आवश्यक पर्ने उल्लेख छ ।

७ वर्ष आयोजना निर्माणको अवधि तोकेर तयार गरिएको अवधारणापत्रमा ९ सरकारी निकायबाट ऋण जुटाउने प्रस्ताव गरिएको छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडिसिएल, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सरकारबाट ऋण उठाउने योजना छ ।

ती निकायले तोकिएका आयोजनामा हरेक वर्ष १ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म लगानी गर्नुपर्ने अवधारणापत्रमा उल्लेख छ । यस्तै, नपुग ऋण स्थानीयस्तरबाटै उठाउने योजना छ । साथै, बन्ड, डिभेञ्चर तथा विदेशबाट समेत जुटाउने उल्लेख छ । छनोट गरिएका आयोजनामा एचआइडिसिएल, नेपाल विद्युत प्राधिकरण तथा यसका सहायक कम्पनी, विद्युत उत्पादन कम्पनी, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषबाट स्वपुँजी उठाउने योजना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको