Like us!
Follow us!
Connect us!
Watch us!

मध्य तमोरमा ७ बैंकले ९अर्ब ५१ करोड लगानी गर्ने

शुक्रबार, ०३ फागुन २०७५, ११ : ०० मा प्रकाशित

मध्य तमोरमा ७ बैंकले ९अर्ब ५१ करोड लगानी गर्ने

अर्थ संसार, काठमाडौँ -ताप्लेजुङमा निर्माण हुने ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनामा विभिन्न सात बैंकले रु ९ अर्ब ५१ करोड बराबरको ऋण लगानी गर्ने भएका छन् ।

 बैंक र आयोजनाको प्रवर्द्धक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीबीच आइतबार ऋण लगानी सम्झौता भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाई तथा नबिल, ग्लोबल आइएमई बैंकको सह–अगुवाईमा आयोजनामा ऋण लगानी जुटेको हो ।

आयोजनामा लगानी गर्ने अन्य बैंकमा एनएमबी,एनसीसी, लक्ष्मी र नेपाल एसबिआई छन् ।

आयोजनामा बैंकले गर्ने लगानी कुल लागतको ७५ प्रतिशत हो ।यस्तै २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनाको कुल लागत रु १२ अर्ब ६८ करोड अनुमान गरिएको छ ।

 सानिमा माई हाइड्रो पावर कम्पनी एक्लैले रु ४८ करोडस्वपुँजी लगानी गर्नेछ । मध्य तमोर सानिमा हाइड्रो समूहको सहायक कम्पनी सानिमा मिडल तमोरले अघि बढाएको हो ।

 आयोजनाको सिभिल संरचना निर्माण सुरु भइसकेको छ । २०७८ भदौभित्र आयोजना सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत् कोसी कोरिडोरको ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको