Like us!
Follow us!
Connect us!
Watch us!

जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी को

शुक्रबार, ०३ फागुन २०७५, ११ : १८ मा प्रकाशित

जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी को

अर्थ संसार, काठमाडौं– सरकारले बिहीबार घोषणा गरेको जनताको जलविद्युत् आयोजनाको पहिलो शेयर माथिल्लो त्रिशुली थ्री बी आयोजनाको आउने भएको छ ।

नुवाकोटमा हालै मात्र शिलान्याश गरिएको सो आयोजनाको शेयर बिक्री गर्ने तयारी गरिएको छ । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ ।

सरकारले नियमावली परिवर्तन गरेपनि नियामकीय प्रकृया पूरा गर्न एक महिना भन्दा बढी लाग्ने देखिएको छ ।

सरकारले आगामी चैत ७ गतेदेखि शेयर निष्काशन गर्ने घोषणा गरेको छ ।चैतभित्रै त्रिशुली थ्रि बीको शेयर आउने र अरु आयोजनाको शेयर एक वर्षभित्र आउने छ ।

उनले सर्वसाधरणलाई छुट्याइएको १० प्रतिशतले हुन आउने रु १० अर्ब ६४ करोड को अग्रिम शेयर निष्काशन गर्ने बताउँदै ९० प्रतिशत हकप्रद शेयर जारी गर्ने जानकारी दिए । एचआइडिसिएलका अनुसार सबै आयोजना निर्माणका लागि रु ६ खर्ब ९५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको