Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिकित्ता रु १५ नाफा दिने शिवमको घोषणा, फाइदा होला त शेयर किनेर ?

शुक्रबार, ०३ फागुन २०७५, ११ : ३३ मा प्रकाशित

प्रतिकित्ता रु १५ नाफा दिने शिवमको घोषणा, फाइदा होला त शेयर किनेर ?

अर्थ संसार, काठमाडा– निजी लगानीबाट सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात् रु १५ नगद लाभांश दिने भएको छ ।

उद्योगले चालू आर्थिक वर्षमा रु १ अर्ब ४३ करोड ९७ लाख खुद नाफा गरेर सेयरधनीलाई सोबराबर नगद लाभांश दिने प्रक्षेपण गरेको छ  । चालू आर्थिक वर्षमा उद्योगको नाफा २५.८६ प्रतिशत बढ्ने अनुमान छ ।

उद्योगले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्षमा र आर्थिक वर्ष ०७\७८ मा पनि प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश दिने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा नाफा २८.६० प्रतिशत बढेर रु १ अर्ब ८५ करोड १४ लाख पुग्ने अनुमान उद्योगको छ ।

यस्तै आर्थिक वर्ष २०७७\७८ मा खुदनाफा १३.५८ प्रतिशत बढेर रु २ अर्ब १० करोड २७ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको थियो । गत आवमा शिवमको नाफा रु १ अर्ब १४ करोड ३९ लाख खुदनाफा गरेको थियो ।

नाफामा भएको बढोत्तरीले उद्योगको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेर चालू आर्थिक वर्षमा रु ३२ रुपैयाँ ७२ पैसा, आगामी वर्ष रु ४२ रुपैयाँ र ३ वर्षमा रु ४७ रुपैयाँ ७९ पैसा पुग्ने कम्पनीको अनुमान छ ।

कम्पनीले चालू आर्थिक वर्षमा कुल आम्दानी ६.६४ प्रतिशत बढेर रु १० अर्ब ९५ करोड ६५ लाख पुग्ने अनुमान गरिएको छ । यस्तै आगामी वर्ष १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख र ३ वर्षमा बढेर २.४१ प्रतिशत बढेर १२ अर्ब ६४ करोड ९९ लाख पुग्ने प्रक्षेपण गरेको छ ।

5c665bbdd04ee.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको