Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

आइतबार, ०५ फागुन २०७५, १० : ४९ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

कम्पनी चालू आवको दोस्रो त्रैमासमा रू. ८ करोड ४८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढेको हो । कम्पनीको बीमाशुल्क आर्जन २५ प्रतिशत बढेपछि नाफा बढेको हो । कम्पनीले खर्चभन्दा आम्दानी बढी गरेको छ ।

सगरमाथा इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ५ फागुन २०७५) हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ८२ लाख ९२ हजार छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउनुपर्नेछ । कम्पनीले कुनै लाभांश घोषणा गरेको छैन भने साधारणसभा पनि बोलाएको छैन । कम्पनीका अनुसार आगामी साधारणसभामा वित्तीय विवरण एनएफआरएस प्रणलीमा लैजाने भएकाले साधारणसभा गर्न केही ढिलाइ हुने बताएका छन् । कम्पनीले १४ क्षेत्रको बीमा गर्ने गरेको छ । फायर इन्स्योरेन्स, मोटर इन्स्योरेन्स, मरिन इन्स्योरेन्स, माइक्रो इन्स्योरेन्स, इञ्जिनीयरिङ इन्स्योरेन्स, मनी इन्स्योरेन्स, तरलता इन्स्योरेन्स लगायत विभन्न क्षेत्रमा बीमा गर्दै आएको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • पुस मसान्तसम्ममा कम्पनीले रू. १ अर्ब ८१ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिको तुलनामा २५ दशमलव ७६ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको सोही अवधिमा रू. ८६ करोड ३ लाख बीमाशुल्क आर्जन गरेको थियो ।

  • रिजर्भ कोषमा रू. ६१ करोड २५ लाख छुट्ट्याएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा १ सय १२ प्रतिशत वृद्धि भएको हो । बीमाकोषको रकम रू. ४८ करोड ८७ लाख कायम नै छ ।

  • कम्पनीले पुस मसान्तसम्ममा रू. १४ करोड ५३ लाख आम्दानी गर्दा रू. ६ करोड ४ लाख खर्च भएको छ । आम्दानीभन्दा खर्च कम भएकाले नाफा बढ्न पुगेको हो । कम्पनीले पुनर्बीमा कमिशनबाट रू. १५ करोड ७ लाख आम्दानी भएको छ । जारी बीमालेखको संख्या ६ करोड ५४ लाख छ भने नवीकरण गरिएको बीमालेख २ करोड ४६ लाख ३ हजार छ ।

  • २ हजार ६ सय २१ जनालाई रू. १८ करोड ९२ लाख कुल दाबी भुक्तानी गरेको छ भने २ हजार ५ सय ९४ जनालाई रू. ८१ करोड ७९ लाख कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

  • दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ३१ दशमलव ५४, मूल्य आम्दानी अनुपात ४२ दशमलव ४८ र प्रतिशेयर नेटवर्थ रू. ३ सय १९ दशमलव ६२ छ । बिहीवारको शेयरमूल्य रू. १२ सय ७९ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.४० गुणा

  • अर्निङ यिल्ड रेशियो : २.४६ प्रतिशत

निष्कर्ष 
कम्पनीको ६१ दिनको शेयर कारोबारलाई लिएर गरिएको मैनबत्ती विश्लेषणमा अन्तिम दिन ह्याम्मर आकृति भएको मैनबत्ती बनेको छ । यसले आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्ने संकेत गर्दछ । सोही अवधिको कारोबारमा आरएसआई न्युट्रल जोन ४२ दशमलव ४६ स्केलमा छ ।
यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ६ दशमलव ९५ विन्दुमा छ । यस अवधिमा उतारचढाव न्यून छ । कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुवै रेखाभन्दा तल छ । हालको मूल्य रू. १ हजार २ सय ७९ देखि बजारको अवस्था परिवर्तन भई महँगिएमा रू. १ हजार ३ सय ७ मा प्रतिरोध पाउन सक्छ भने सस्तिएमा १ हजार २ सय ६५ मा टेवा पाउन सक्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको