Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको आइपिओ सोमबारदेखि

आइतबार, ०५ फागुन २०७५, १८ : ५६ मा प्रकाशित

शिवम् सिमेन्टको आइपिओ सोमबारदेखि

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) सोमबारदेखि बिक्री  सुरु गर्दैछ ।

प्रतिकित्ता रु ३०० का दरले ४१ लाख २० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा (सोमबार) फाुगन ६ गतेदेखि ९ गतेसम्म आवेदन दिन सकिने छ । यो अवधिमा सबै शेयर नबिके चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सुरु देखि नै चर्चामा रहेको यो शेयरमा आवेदन दिने वा नदिने भन्नेमा लगानीकर्ताहरुले निकै अन्योलमा रहेका छन् । पहिला यसको मूल्य बढी भएको, स्थानीयले पनि दिएजति सबैमा आवेदन नदिएकाले चर्चामा रहेको शेयर अहिले न्यूनतम ५० देखि अधिकतम सबैमा आवेदन दिन सक्ने व्यवस्थाले झनै चर्चामा आएको छ ।  सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतमसम्म आवेदन दिन सक्ने जनाएको छ ।

सर्वसाधारणका खुला भएको ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्तामा कम्पनीका कर्मचारीले आवेदन दिन सक्ने भएका छन् ।

यसअघि आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता ३०० सय मा आइपिओ किनेका थिए । आवेदन दिन चाहनेले सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् । यसमा आवेदन खुला गरेको पहिलो देखि देखि नै संगठित संस्थाले पनि आवेदन दिन सक्नेछन् ।

प्रतिकित्ता रु १५ नाफा दिने शिवमको घोषणा

निजी लगानीबाट सञ्चालित शिवम् सिमेन्ट लिमिटेडले चालू आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात् रु १५ नगद लाभांश दिने भएको छ ।

उद्योगले चालू आर्थिक वर्षमा रु १ अर्ब ४३ करोड ९७ लाख खुद नाफा गरेर सेयरधनीलाई सोबराबर नगद लाभांश दिने प्रक्षेपण गरेको छ  । चालू आर्थिक वर्षमा उद्योगको नाफा २५.८६ प्रतिशत बढ्ने अनुमान छ ।

उद्योगले साधारण सेयर (आईपीओ) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्षमा र आर्थिक वर्ष ०७७\७८ मा पनि प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश दिने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा नाफा २८.६० प्रतिशत बढेर रु १ अर्ब ८५ करोड १४ लाख पुग्ने अनुमान उद्योगको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा खुदनाफा १३.५८ प्रतिशत बढेर रु २ अर्ब १० करोड २७ लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको थियो । गत आवमा शिवमको नाफा रु १ अर्ब १४ करोड ३९ लाख खुदनाफा गरेको थियो ।

नाफामा भएको बढोत्तरीले उद्योगको प्रतिसेयर आम्दानी (इपीएस) पनि बढेर चालू आर्थिक वर्षमा रु ३२ रुपैयाँ ७२ पैसा, आगामी वर्ष रु ४२ रुपैयाँ र ३ वर्षमा रु ४७ रुपैयाँ ७९ पैसा पुग्ने कम्पनीको अनुमान छ ।

कम्पनीले चालू आर्थिक वर्षमा कुल आम्दानी ६।६४ प्रतिशत बढेर रु १० अर्ब ९५ करोड ६५ लाख पुग्ने अनुमान गरिएको छ । यस्तै आगामी वर्ष १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख र ३ वर्षमा बढेर २.४१ प्रतिशत बढेर १२ अर्ब ६४ करोड ९९ लाख पुग्ने प्रक्षेपण गरेको छ ।

5c695eeb08d22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको