Like us!
Follow us!
Connect us!
Watch us!

लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई

सोमबार, ०६ फागुन २०७५, १७ : ३९ मा प्रकाशित

लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई

  • नरेन्द्र चुदाली

देशको दु:ख दाइले गाउँदा पर्नु पर्यो पिर।

हार खाएर हुन्न अब जागौ सबै तिर।

लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई ।

देश सेवामा लाग्नु पर्ने सबको होनि धर्म।

तरपनी लाग्छन यहाँ गर्नलाइ कु- कर्म ।

ठोक्नु पर्छ दाइ यहा ठोक्नु पर्छ दाइ , देश लुटेर खानेलाइ मिलि दाजुभाइ। 

ठुला ठुला कुरा गर्छन पानी जहाज र रेल।

पाखा वारि बाझै राखी खान्छ्न पोका तेल।

हिसाब हुन्छ दाइ सबको हिसाब हुन्छ दाइ ,   विकास कैलै हुदैन है कमिशनमा  धाइ ।

जनता मरे भ्रष्टचार र चर्को महङ्गिले ।

पिर मर्का बोल्दैछ त्यो गाइने सारङ्गिले।

रोक्नु पर्छ दाइ अब रोक्नुपर्छ दाइ, विदेशतिर भौतारीने  हाम्रा दाइभाइ।

बरालिदा नेताहरुका गन्तव्यका चक्का ।

समृद्धिको सपनामा लाग्दोरैछ धक्का ।

धैर्य गरौ दाइ अझै धैर्य गरौ दाइ बनाउनु छ यो देशलाई सबै मिलि भाइ ।

सगरमाथा सम्पदाले लाग्छ कति हर्क ।

दुख लाग्छ देश बिग्रेर बन्न लाग्दा नर्क ।

पर्ख पर्ख दाइ अझै पर्ख पर्ख दाइ ,  अब धाउनु पर्ने छैन अब साउदी कतार थाइ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको