Like us!
Follow us!
Connect us!
Watch us!

सुन युवा चालीस कटेसि देश बनाउला !

बुधबार, ०८ फागुन २०७५, १६ : ०२ मा प्रकाशित

सुन युवा चालीस कटेसि देश बनाउला !

युवाशक्ति एउटा त्यस्तो शक्ति हो जसले एउटा परिवार ,सामाज अनि सिङगो देशलाई नै कायपलट गर्ने सामार्थ राखेको हुन्छ। तर, त्यो त्यतीबेलामात्र संभव हुन्छ, जब त्यी उर्भर उर्जा भएका युवाहरुले आफ्नो क्षमता र सामार्थलाई उचित ठाउमा सदुपयोग गर्ने अबसर प्राप्त गर्दछन्।तर, देशमा त्यस्ता अबसरहरु कुनै एउटा युवाले मात्र ब्याक्तिगत रुपमा शृर्जना गर्न असम्भब हुन्छ।

त्यस्ता अबसरहरुको शृर्जना गरेर देशका युवाहरुको सहि परिचालन गर्ने मुख्य जिम्मेबारी र दायित्व राज्यको हो। देशमा रहेका स्रोत र  साधनहरुको परिचालन गरी देशलाई समृद्ध बनाउनको लागि युवाहरुको अधिकतम परिचालन गर्नु आबश्यक हुन्छ।

जब कुनै देशले आफ्ना युवाहरुको क्षमताको उचित मुल्याङकन गरेर उनिहरुको क्षमतालाई समृद्धीको अभियानमा प्रयोग गर्न सक्दछ तबमात्र त्यो देशको विकाश र आर्थिक समृद्धी सम्भब हुन्छ। र,  युवाहरुले पनि रोजगारी र आयआर्जनको अबसर प्राप्त गर्दछन्।

युवाहरु पैसा कमाउने सपना सजाएर आफ्नो परीवार, गाउ र प्यारो देशलाई छाडेर बिदेशीनु परेको तितो यथार्थता हामि सामु छ।सायद एउटा नागरीक भएर देशमा अबसरहरुको खोजीमा तड्पदै अन्तत्वगक्ता देशलाई नै छाडेर विदेशीनु निकै पिडादायी अबस्था हो। तर, यो आम नेपाली युवाहरुको बाध्यता हो।

तर बिडम्बना हाम्रो देशमा रहेका लाखौ युवाहरुलाई नत उचित अबसर प्राप्त हुन सकेको छ नत देश नै समृद्धीको दिशामा जान सकेको छ। देशको परिबतर्नमा एउटा अबतार बनेर आउन सक्ने युवाहरु राज्यको अदुरदर्शीता र सत्ता केन्द्रीत राजनितीबाट पिडीत छन्।

देशका लाखौ युवाहरुक्षमता हुदाँहुदै पनि अबसर प्राप्त गर्न नसकी कठित बेरोजगार युवाको ट्याग भिरेर बस्न बाध्य छन्।आज लाखौ युवाहरु देशमा कुनै अबसर नपाएपपछि सुनौलो सपनाको खोजिमा भौतारीदै खाडी लगायतका मुलुकमा रगत पसिना बगाउन बाध्य छन्।

देशमा केहि गर्छु, देशमै बसेर आफ्नो जीवन चलाउछु भन्ने रहर र चाहना हुँदा हुँदै देशमा रोजगारी र उद्यमशिलताको कुनै अबसर नदेखेपपछि युवाहरु मानसीक दबाबमा परेका छन्।यस्तो अबस्थमा उनिहरुको एक मात्र विकल्प बैदेशिक रोजगारी हुन पुगेको छ।

युवाहरु पैसा कमाउने सपना सजाएर आफ्नो परीवार, गाउ र प्यारो देशलाई छाडेर बिदेशीनु परेको तितो यथार्थता हामि सामु छ।सायद एउटा नागरीक भएर देशमा अबसरहरुको खोजीमा तड्पदै अन्तत्वगक्ता देशलाई नै छाडेर विदेशीनु निकै पिडादायी अबस्था हो। तर, यो आम नेपाली युवाहरुको बाध्यता हो।

देशको यस्तो अबस्था हुनुमा राज्यको अदुरदर्शीता र युवाहरुप्रतीको गैर जिम्मेवारीपना नै मुख्य कारण हो। देशमा परीबर्तनका नाममा थुर्पै आन्दोलन भए र त्यी परिवर्तका मुख्य स्रोत नै युवाशक्ति भए। त्यी सबै आन्दोलनमा युवाहरु रोजगारी र समृद्धी सहीतको लोकतन्त्रका निम्ति लागेका थिए। तर बिडम्बना आज देशमा गणतन्त्र आएको छ, तर देश गरिबी र बेरोजगारीबाट मुक्त हुन सकेको छैन।

अझ बेरोजगारी झनै बिकराल बन्दै गएको छ। एउटा समृद्ध नेपाल देख्ने आम नागरीकको चाहाना मृगतृष्णामै सिमीत भएको छ। देशमा रोजगारीको अबसर सृर्जना गर्छौ, देशलाई आमुल परीबर्तन गर्छौ भन्ने दलहरुको मानसीकता र कार्यशैली नै परीबर्तन नहुँदा देशले बिकाश र समृद्धीको बाटो लिन सकेको छैन।

आजपनि दैनिक हजारौ युवाहरु विदेशीन बाध्य छन्। देशमा रोजगारीका नगन्य अबसर छन्। र त्यसमा पनि नाताबाद र कृपाबादको घिनलाग्दो छायाँ पर्दा क्षमता भएका युवाहरुले पनि त्यस्तो अबसर पाउन सकेका छैनन्।देशमा लगानीको वातावरण छैन्।

यसले झनै बेरोजगारी निम्तीने अनुमान गरीएको छ । दलहरु सरकार ढाल्ने र बनाउने खेलमै लिप्त छन्।
देशमा बेरोजगारीको यस्तो बिकराल स्थीति आउदा पनि राज्य मौन बसेको छ । न त राज्यले रोजगारीका अबसरनै सृजना गर्न सकेको छ नत युवाहरुको बिकाश र सुरक्षीत भबिश्यको निम्ति स्पष्ट निती र योजना बनाउन सकेको छ।

युवाको विकासको लागि भनिएको युवा मन्त्रालयको काम हेर्दा उसको जम्मेबारी बिहान १० बजे कार्यालय खोल्ने र ५ बजे बन्द गर्ने मात्र होकी जस्तो लाग्छ। नत्र भने देशका युवाहरु अबसर र रोजगारीका निम्ति छटपटाईरहदा थोरै भएपनि संवेदनशिल बन्नु पर्थ्यो। सायद राज्यको यही लाचारीपन नै हाम्रो पिडा हो। आज देशमा भुकम्प पछिको पुन निर्माण गर्नुपर्ने छ।

तर, यहा जनशक्तिकै अभाव देखिएको छ।पलायन भईरहेको जनशक्ति लाई रोक्न कसैको चासो देखीएको छैन।गाउँघर युवा बिहीन भएका छन्।काम गर्ने नहुँदा खेतियोग्य जमिन बाझै छन् । गाउँघरमा महिला, केटाकेटी र बृद्ध मात्र हुँदा दाहासंस्कारमा समेत समस्या हुने सम्मको पिडादाई स्थीती छ। तर, पनि नेपालको राजनैतीक नेतृत्व ले विकास र समृद्धीका ठूला ठूला र आधारहीन कुरा गर्न छाडेका छैनन्।

कहीलेकाँही त यस्तो लाग्छ की सधै गरिब जनताको परीबर्तनका नाममा राजनीती गर्ने दलहरु देशमा गरिबि सकीएपपछि कसको नाममा राजनीति गर्ने भन्ने चिन्तामा देशलाई गरिबी र अभाबमै राख्न चाहान्छन। देशमा गरिबी, बेरोजगारी र परिबर्तनको नाममा युवाहरुलाई लाठी र बन्दुक बोकाउने दलहरुले आज सत्तामा पुगेपछी युवाहरुको लागि कुनै स्पष्ट योजना र नीति बनाउन नसक्नु दुखद हो।
देशमा लाखौ युवाहरु शैक्षिक बेरोजगार बनिरहेका छन्।तर, देशको मुल राजनैतीक धारयुवाहरुको पिडा र भबिश्यप्रती संबेदनाहीन भईदीदा आम युवामा अन्योलता छाएको छ।यसरी देश रेमिटेन्सकै भरमा चलिरहदा अबको आर्थीक समृद्धीको यात्रा कसरी अगाडी बढ्छ यो सबै अनुत्तरीत छ।

 राज्यले नै अघोषित अयोग्य बनाउदै छ युवालाई

देशमा बर्षेनी हजारौ युवा आफ्नो पढाई सकेर रोजगारीका अबसरहरु खोजीरहेका हुन्छन। तर ,बिडम्बना जो अभिभाबकको रुपमा रहेको राज्य छ त्यसले त्यी युवाहरुको बाँकी भबिश्य र अबसरको निम्ति कुनै चासो दिदैन। सरकारले केवल बर्षमा चार पाँच हजार युवालाई लोकसेवा मार्फत जागिर दिने बाहेक अन्य पहल केही गरेको देखीदैन ।

लोकसेवामा उत्रीण हुने बाहेकका अन्य युवाहरुलाई सरकारले अघोषित रुपमा अयोग्य नै बनाएको छ भन्दा फरक पर्दैन।यदी युवाहरुको सबालमा सरकार गम्भिर हुन्थ्यो भने आवश्यक  नीति बनाई पहलकदमी ल्याउथ्यो होला।

लोकसेवामा पनि मागको तुलनामा निकै नै न्युन मात्रामा विज्ञापन खोल्ने हुनाले धेरै क्षमता भएका युवाहरुले पनि त्यसमा अबसर पाएका छैनन्। केहीले निजी क्षेत्रमा अबसर पाउने भए पनि त्यो नगन्य छ।उद्यमशिलताको लागि पनि पर्याप्त वातावरण बन्न सकेको छैन।

यहा कुनै पनि युवा अयोग्य छैन्न् । हुनसक्छ कोही भारी बोकेर खाने हैसीयत राख्छन भने कोही प्लेन चलाएर खाने हैसीयत राख्छन्। हरेक युवासँग आ आफ्नै क्षमता छ।उनीहरुको क्षमता अनुसार अबसर प्रदान गर्नु राज्यको दायित्व हो।केवल बर्षमा लोकसेवा मार्फत चार पाच हजार युवालाई जागीर दिई अरुलाई अघोषीत अयोग्य बनाईनु दुखत हो।के सरकारको दायित्व यती मात्र हो त।सरकार गम्भिर बनोस।
देशको विकास गर्ने हो भने नेपालमा प्रचुर सम्भाबना र अबसर छन्। पर्यटन देखि लिएर खनिज जडिबुटी जलस्रोतबाट नै देशको कायापलट गर्न सकीन्छ।तर यसको लागि राज्यले नै अग्रसरता लिनु जरुरी छ।राजनैतीक नेतृत्वमा ईमान्दारीता हुनु जरुरी छ। यदी देश विकासको गतीमा अगाडी बढ्यो भने त्यसमा युवाहरुले महत्वपुर्ण भुमिका निर्वाहा गर्ने कुरामा दुई मत छैन्।यसको लागी राज्यले देशका युवाभित्र रहेको क्षमता चिन्नु जरुरी छ।

देशमा धेरै राजनैतीक परीबर्तन भए तर त्यी परीबर्तन पछी देश अर्थीक रुपमा समृद्ध नहुँदा प्राप्त परीबर्तन दिर्घकालीन हुन सकेनन्। हामीलाई चाहीएको आर्थीक समृद्धी सहीतको परीबर्तन हो। भोको पेटमा गणतन्त्रका नारा लगाउनु मुर्खता बाहेक अरु केही हुन सक्दैन। त्यसैले अहीलेको परीबर्तको रक्षाका लागी देशमा आर्थीक विकास गर्नु जरुरी छ।

आर्थीक परीबर्तन बिनाको राजनैतीक परीबर्तनको कुनै अर्थ रहदैन।देशमा अझैपनि यस्तै अबस्था भईरहरयो भने आर्थीक कमजोरीको फाईदा उठाएर परीबर्तन बिरोधी र देशी विदेशी शक्ति केन्द्रले चलखेल गरीरहनेछन्। जसले राष्ट्रियतालाई समेत कमजोर बनाउन सक्नेछ।त्यसैले दलहरु बेलैैमा नै आर्थीक समृद्धीको यात्रामा लाग्दै परिबर्तनलाई अझ परीपक्क बनाउनु जरुरी छ।
देशको बर्तमान आबश्कता भनेको अहीलेको जनजिबिकाका सबाललाई सम्बोधन गर्दै विकाशको दिर्घकालीन मार्गचित्र कोर्नु हो।जहां आम युवाहरुको भविश्य सुनिश्चित हुनुपर्छ।सरकार र दलहरुका कुरामा विश्वास गर्ने वातावरण हुनुपर्छ। सडकमा एउटा भत्किएको खाल्डो पुर्न नसक्ने र भएका धारामा नियमित पानी दिन नसक्ने सरकारले पाईलाईनबाटै ग्यास पुर्याउने कुरा तर्क संगत हुँदैैैन।

विकास गर्छु भन्ने कुरा राम्रो भएपनि जनताहरु सामान्य जीवन जिउनकै लागि संघर्ष गरीरहदा जनताको साथमा नरहेको सरकारले त्यस्ता कुरा गर्नु उचीत हुदैन।यदी परीबर्तन नै गर्ने हो भने त्यो परीबर्तनको सुरुवात साना कुराबाटै गर्नुपर्छ।आज लाखौ युवाहरुलाई खाडी पठाएर देशमा परीबर्तन र बिकासका ठूला ठूला कुरा गर्नु तर्कसंगत हुन सक्दैन।अत दलहरु सत्ता परीबर्तनको खेलमा नलागी यस्ता विषयमा गम्भिर हनु जरुरी छ।

देश अब प्रयोगशाला बन्नु हुँदैन

विगत लामो समयदेखी हाम्रो देश कसैन कसैको प्रयोगशाला बनि राख्यो। कँहीले विदेशी शक्तिकेन्द्रबाट त कँहिले देशकै नेताबाट। नेताहरुले आफ्नो राजनैतीक करियर र ब्याक्तिगत ईगोकै लागि देशलाई बन्धक र गतिहिन बनाए।यही कारण नै हामि सधै पछाडी पर्न बाध्य भयौ। तर अब यो देशलाई कसैको प्रयोगशाला हुनबाट बचाउनु पर्छ। विकाशमा हामी धैरै पछाडी परिसकेका छौ। त्यसैले अब हामिले सम्पुर्ण ध्यान तिब्र गतीको विकासमा लगाउनुको विकल्प छैन्।विकाश र समृद्धीबाट नै हाम्रो राष्ट्रियता र प्राप्त उपलब्धीको रक्षा हुने कुरामा दुईमत छैन। प्रशिद्ध बिद्धान चाणख्य ले भनेजस्तै हामी सँग गल्ती गर्दै पाठ सिक्ने समय छैन किनकी अब हाम्रो पुस्ताको समय छोटो छ।

यही छोटो समयमै समृद्ध नेपाल बनाएर अर्को पिढीलाई सुम्पनु पर्ने छ। त्यसैले यो समय गल्ती गर्दै पाठ सिक्ने होईन विगतका गल्तीबाट पाठ सिक्दै अगाडी बढ्ने हो।अबका हाम्रा योजना र रणनितीहरु “सियोर सट’’ हुनु आबश्क छ ता की हामीले छोटो समयाबधीमै देशको कायापलट गर्न सकौँ।जसको लागी नेपाली माटो सुहाउदो विकासको रुपरेखा तयार गरिनु जरुरी छ।हामिले देशमा रहेको जलस्रोत,खनीज,जडीबुटी वन जगंल र हाम्रा जुझारु युवाशक्तिको सिप क्षमता र तागत लागि देश निर्माण लगाउनु आबश्यक छ।आज हाम्रै नेपाली युवाहरुको विरताले धेरै देशहरुको सार्वभौमिकता रक्षा भएको छ। हाम्रै नेपाली छोराहरुको रगत र पसीनाले विश्वका देशहरु विकासको उचाईमा पुगेका छन्।

आज हाम्रै  पाखुरहरुबाट कतारले विश्वकप आयोजनाको जग बनाउदै छ भने हामि किन पछाडी ? अब हाम्रा पौरखी पाखुरा र ताता रगतहरु हाम्रै देशको समृद्धीमा प्रयोग गरीनुपर्छ। आज देशमा लगानिको वातावरण नहुँदा बजारमा तरलता छाएको छ।देशमा लगानीको वाताबरण बनाएर लगानीयोग्य पुँजिलाई देश विकाशमा परिचालन गर्नु अहीलेको आबश्यकता हो। हाम्रो उद्देश्यमा बाधक बन्ने जोसुकै लाई जनताले चिन्नु पर्छ।अब हाम्रा भावनामा खेलेर राजनीति गर्नेहरुलाई निस्तेज पार्नै पर्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको