Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

बुधबार, ०८ फागुन २०७५, १८ : ११ मा प्रकाशित

अमेरिकी राष्ट्रिय ऋणको भार उच्च, रिपब्लीकन पार्टी मौन

वासिङ्टन– अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब ९२२ ट्रिलियन० अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोडले आवाज उठाउने रिपब्लीकन पार्टी अहिले चुपचाप छ ।

जटिल बन्दै आएको घाटा र ब्याज भुक्तानीमा भइरहेको निरन्तरको बृद्धिले ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि नै राष्ट्रऋणको कूल भार १९ हजार अर्ब डलरको हाराहारीमा थियो । दोस्रो विश्वयुद्ध भएपछि पहिलो पटक राष्ट्रऋण र अमेरिकी कूल गार्हस्थ्य उत्पादन ९जीडीपी० बराबर भएको छ ।

तुलनात्मक रुपमा हेर्दा, फ्रान्सको आन्तरिक ऋणभार पनि जीडीपीकै बराबरीमा रहेको छ । फ्रान्सको आन्तरिक ऋण गत सेप्टेम्बरमा करिब अढाई हजार अर्ब डलर रहेको छ ।

विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिकामा सन् २०१७ मा राष्ट्रपति ट्रम्पले कर्पोरेट करमा व्यापक कटौती गर्नुका साथै प्रतिरक्षा खर्चमा गरिएको व्यापक वृद्धिले वित्तीय घाटा बढाएको बताइएको छ ।

“यदि हामीसँग बलियो र सुदृढ सैनिक भएन भने तपाईंले ऋणका बारेमा चिन्ता गर्नै पर्दैन, तपाईंले ज्यादै ठूला समस्याको सामना गर्नुपर्ने हुन्छ,” ट्रम्पले गत साता संवाददाताहरुलाई बताउनुभएको छ ।

ट्रम्प प्रशासनले कर कटौती उपयुक्त रहेको भन्दै प्रतिरक्षा गरिरहेको छ । यही प्रवृत्ति रहेमा आगामी १० वर्षभित्र करिब डेढ हजार अर्ब डलर घाटा बढ्ने अनुमान गरिएको छ ।

अमेरिकी अर्थतन्त्रमा तिब्र वृद्धि भएपनि गत वर्ष बजेट घाटा १७ प्रतिशतले बृद्धि भई ७ खर्ब ७९ अर्ब डलर पुगेको छ । यो सन् २०१२ यताकै सबैभन्दा कमजोर अवस्था हो । अमेरिकी कङ्ग्रेसको बजेट कार्यालय ९सीबीओ० का अनुसार यो वर्ष बजेट घाटा अझ बृद्धि भएर ९ खर्ब डलर पुग्नेछ ।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा चार वर्षसम्म अमेरिकी बजेट सकारात्मक देखिएको थियो । तर इराक युद्धताका राष्ट्रपति जर्ज बुसको कार्यकालमा फेरि बजेट घाटा हुन थालेको थियो ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति हुनुभएका बाराक ओबामाको कार्यकालमा भने सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कटका कारण ठूलो चुनौती खडा भएको थियो । उक्त सङ्कटका कारण सरकारी खर्च बढाउनु परेका कारण वित्तीय असन्तुलन देखा परेको थियो । रासस/एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको