Like us!
Follow us!
Connect us!
Watch us!

जीवन मै पहिलो पटक दौरा सुरुवालमा बाबुराम भट्टराई

विहीबार, ०९ फागुन २०७५, ०८ : ४७ मा प्रकाशित

जीवन मै पहिलो पटक दौरा सुरुवालमा बाबुराम भट्टराई

अर्थ संसार, काठमाडौँ– नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएका छन् । बिहिबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमा मार्फत दौरा सुरुवाल र ढाका टोपी लगाएको फोटो भट्टराइले सार्वजनिक गरेका छन।   

झन्डै  झन्डै  आकाशे नीलो रङको जस्तो देखिने दौरा सुरुवाल र खैरो रङको कोट  लगाएको फोटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा–सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो !’

उनलाई धेरैले दौरा सुरुवाल सुहाएको भनेर कमेन्ट गरेका छन् भने कतिले दौरा सुरुवालमा जुत्ता नसुहाएको पनि टिप्पणी गरे । 

उता फेसबुक मार्फत नै पत्नी हिसिला यमीले पनि भट्टराईको दौरा सुरुवालको फोटो पोस्ट गर्दै यसो लेखिकी छिन " मेरो खस लोग्ने: पहिलो पटक दौरा सुरूवाल लगाएको: टोपी मिलाउॅदा मिलाउॅदै हैरान बल्ल"

5c6e19c255810.jpg 5c6e19c26aa73.jpg 5c6e19c28d105.jpg 5c6e19c292d10.jpg 5c6e19c311aae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको