Like us!
Follow us!
Connect us!
Watch us!

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

विहीबार, ०९ फागुन २०७५, १२ : १३ मा प्रकाशित

चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन जेल सजायको फैसला

अर्थ संसार,बेइजिङ– चीनका पूर्वप्रधान सेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ ।

भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उहाँलाई यसअघि नै पदच्यूत गरिसक्नु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएको छ ।

चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त हुनु भएका फाङ फेङघुई अहिले कारबाहीमा पर्नुभएको हो । उहाँलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो ।

सैन्य अदालतले नै उहाँलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ । भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन् । फागुन रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको