Like us!
Follow us!
Connect us!
Watch us!

जापानी सवारी कम्पनी ड्याटसन नेपाली बजारमा लोकप्रिय, यस्ता छन् सुविधा

ramesh lamsal

विहीबार, ०९ फागुन २०७५, १६ : ०८ मा प्रकाशित

जापानी सवारी कम्पनी ड्याटसन नेपाली बजारमा लोकप्रिय, यस्ता छन् सुविधा

अर्थ संसार, काठमाडौँ – जापानको मोटर निर्माता कम्पनी ड्याटसनको नेपाली आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले नेपाली बजारीमा तीन प्रकारका सवारी साधान उपलब्ध गराएको छ ।

विभिन्न मूल्यमा ती सवारी साधन आरामदायी रहेको विश्वास गरिएको छ । नेपाली बजारमा ड्याटसनलाई उपयुक्त सवारी साधानको रुपमा लिने गरिन्छ । नेपालको बाटो सुहाउँदो सवारी साधानको रुपमा परिचित ड्याटसन अन्य सवारी साधानको तुलनामा सस्तो रहेको  छ । मिड रेञ्ज सवारीको रुपमा लिइने ड्याटसन पारिवारिक सवारीको रुपमा पनि लिइन्छ ।

ड्याटसन गोको नेपाली बजारमा दुई प्रकारका मोडल छन् । त्यसमा ड्याटसन गो टी र ड्याटन गो ओ रहेको छन् । त्यसको मूल्य क्रमशः रु २३ लाख ४९ र रु २४ लाख २९ हजार रहेको छ । इलेक्ट्रोनिक पावर स्टेरिङ, पावर विन्डोज र म्युजिक सिस्टम तथा सिंगल एयर व्याग समेत रहेको छ ।

ड्याटन गो प्लसको मूल्य रु २७ लाख ४९ हजार रहेको छ । यसमा इलेक्ट्रोनिक पावर स्टेरिङ, पावर विन्डोज र म्युजिक सिस्टम तथा सिंगल एयर व्याग समेत रहेको छ ।

 यस्तै रेडी गो ब्राण्डको सवारीमा रेडी गो डी रु १५ लाख २५ हजार, रेडी गो टि ओको मूल्य रु १८ लाख ४५ हजार, रेडी गो एसको मूल्य रु १९ लाख २५ हजार, रेडी गो टि ओ १.० को मूल्य रु १९ लाख ९९ हजार, रेडी गो एस १.० को मूल्य रु २० लाख ५९ हजार रहेको छ ।

एयर कन्डिस्नर, पावर स्टेरिङ, टु फ्रन्ट पावर विन्डोज, म्युजिक सिस्टम , कि लेस इन्ट्री रहेको छ ।

5c6e7dc85403e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको