Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको आइपिओमा ३६ लाख ८४ हजार कित्ताको लागि आवेदन पर्यो, लगानी गर्ने समय थप

विहीबार, ०९ फागुन २०७५, १९ : ०० मा प्रकाशित

शिवम् सिमेन्टको आइपिओमा ३६ लाख ८४ हजार कित्ताको लागि आवेदन पर्यो, लगानी गर्ने समय थप

अर्थ संसार, काठमाडौं–  शिवम् सिमेन्टले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा ३६ लाख ८४ हजार ६२० कित्ताको लागि आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझसम्म ३७ हजार ४८३ जनाले आवेदन दिएका छन् । त्यसै गरी आयोजन प्रभावित स्थानीयले ६२१ जना आवेदकले १ लाख ९८ हजार ४५० कित्ताको लागि आवेदन दिएका छन् ।  

कम्पनीले गत फागुन ६ गतेदेखि प्रति शेयर १०० अंकित दरमा प्रिमियम वापत  २०० रुपैयाँ थप गरी प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन निश्कास गरेको थियो ।

आइपिओ निश्कास बन्द  हुने समय छिटोमा फागुन ९ गते तोकिएपनि यस समयमा पुरै शेयर विक्री नभएकाले अब ढिलोमा चैत्र ५ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसबीचमा माग अनुसार आवेदन परेमा कम्पनीले बिक्री बन्द हुने सार्वजनिक सूचना जारी गर्नसक्नेछ ।

कम्पनीले कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको छ ।
 
आवेदन दिन चाहनेले सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् । यसमा आवेदन खुला गरेको पहिलो देखि देखि नै संगठित संस्थाले पनि आवेदन दिन सक्नेछन् ।

5c6ea77f851ea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको