Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकको ऋणपत्र निष्काशनमा नबिल इन्भेष्टमेन्ट

शुक्रबार, १० फागुन २०७५, १० : ४२ मा प्रकाशित

नेपाल बङ्गलादेश बैंकको  ऋणपत्र निष्काशनमा नबिल इन्भेष्टमेन्ट

अर्थ संसार, काठमाडौं– नेपाल बंगलादेश बैंकले निष्कासनको तयारी गरको  २ अर्ब रुपैयाँबराबरको ‘एनबिबि डिबेन्चर २०८५\८६’ को निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको  छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ ।

उक्त ऋणपत्र निष्कासनसम्बन्धी सभ्झौतापत्रमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

२ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब २० करोडबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोडबराबरको ऋणपत्र सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने बताइएको छ ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि निष्कासन गर्न लागिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको