Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको आइपिओ ४० लाख ८४ हजार कित्ता बिक्यो, लगानीकर्ता कति ?

शुक्रबार, १० फागुन २०७५, १८ : ३४ मा प्रकाशित

शिवम् सिमेन्टको आइपिओ ४० लाख ८४ हजार कित्ता बिक्यो, लगानीकर्ता कति ?

अर्थ संसार, काठमाडौं–  शिवम् सिमेन्टले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा ४० लाख ८४ हजार ७८० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैकिङ्ग प्रमुख सुजनबाबु अधिकारीका अनुसार शुक्रबार साँझसम्म ४० हजार ८०६  जनाले आवेदन दिएका छन् ।

त्यसै गरी आयोजन प्रभावित स्थानीयले ६५६ जना आवेदकले २ लाख ५ हजार ७४० कित्ताको लागि आवेदन दिएका छन् ।  

कम्पनीले गत फागुन गतेदेखि प्रति शेयर १०० अंकित दरमा प्रिमियम वापत  २०० रुपैयाँ थप गरी प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन निश्कास गरेको थियो । आइपिओ निश्कास हुने समय छिटो फागुन ९ गते तोकिएपनि यस समयमा पुरै शेयर विक्री नभएकाले अब ढिलोमा चैत्र ५ गतेसम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसबीचमा माग अनुसार आवेदन परेमा कम्पनीले बिक्री बन्द हुने सार्वजनिक सूचना जारी गर्नसक्नेछ ।

कम्पनीले कुल ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै, सामूहिक लगानी कोषलाई पनि २ लाख २० हजार कित्ता नै छुट्याइएकोमा ६० हजार कित्तामात्र माग भएपछि बाँकी १ लाख ८० हजार कित्ता पनि सर्वसाधारणलाई नै थप गरी बिक्रीमा ल्याइएको छ ।
 
आवेदन दिन चाहनेले सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् । यसमा आवेदन खुला गरेको पहिलो देखि देखि नै संगठित संस्थाले पनि आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको