Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा बम आतंक: एनसेल मुख्य कार्यालय गेटमा बम बिस्फोट, कमलपोखरीमा फेला, नेपाली सेनाको टोली पुगेर बम डिस्पोज

शुक्रबार, १० फागुन २०७५, २१ : ४७ मा प्रकाशित

काठमाडौंमा बम आतंक:  एनसेल मुख्य कार्यालय गेटमा बम बिस्फोट, कमलपोखरीमा फेला, नेपाली सेनाको टोली पुगेर बम डिस्पोज

ललितपुरको नख्खु स्थित एनसेल मुख्य कार्यालय अगाडि बम बिस्फोट भएको छ । बम बिस्फोटमा परी ३ जना घाइते भएका छन्।घटनामा परी घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेको डिएसपी अपिल बोहराले  जानकारी दिए।उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।

तेस्तै काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ । पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको