Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा मार्जिन ट्रेडिङ कारोबार सुरु हुँदै, यस्तो हुनेछ फाइदा

मंगलबार, १४ फागुन २०७५, ११ : ११ मा प्रकाशित

शेयर बजारमा  मार्जिन ट्रेडिङ कारोबार सुरु हुँदै, यस्तो हुनेछ फाइदा

अर्थ संसार, काठमाडौँ– शेयर बजारमा  मार्जिन ट्रेडिङ कारोबार सुरु हुने तयारी गरिएको छ । नेपाल स्टक एक्सचेञ्जले उक्त कारोबार प्रणालीका लागि आवेदन माग गरेको छ ।

नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेज बीचको असमझदारीले रोकिएको मार्जिन कारोबार यसै सातादेखि सुरु हुने भएको छ । स्टकले यसै सातादेखि मार्जिन कारोबार सुरु गर्न ब्रोकर कम्पनीसँग आवेदन माग गर्ने भएको छ।

मार्जिन कारोबार सुरु गर्न योग्य ब्रोकर कम्पनीसँग आवेदन माग गर्ने स्टकले जनाएको छ ।

मार्जिन सेवा दिन व्यवसायीले अन्यत्र कतैपनी अनुमति लिनु नपर्नेगरि आवेदन माग गर्न लागिएको हो । यसअघि नेपाल राष्ट्र बैकले आफ्नो समेत अनुमति लिनुपर्ने अडान राखेको थियो ।

मार्जिन सुविधा प्रदान गर्नको लागि पहिलो चरणमा नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि,०७५ ले तोके बमोजिमको ढाँचामा आवेदन माग गर्नेछ ।कार्यविधिले तोकेको मापदण्ड बमोजिम आवेदन दिएका ब्रोकरलाई आवश्यक प्रक्रिया पूरा गरेर सेवा सुरु गर्न अनुमति दिने छ ।

नेप्सेले आवेदन माग गरे लगत्तै सेवा उपलब्ध गराउन तयार रहेको ब्रोकरहरुले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको