Like us!
Follow us!
Connect us!
Watch us!

पूरै कर्मचारी फेरेर विमानस्थल भन्सार सुधान अर्थमन्त्री महराको निर्देशन

विहीबार, ०६ माघ २०७३, ११ : ३१ मा प्रकाशित

पूरै कर्मचारी फेरेर विमानस्थल भन्सार सुधान अर्थमन्त्री महराको निर्देशन

अर्थ संसार
काठमाडौं–उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पूरै कर्मचारी फेरेर भए पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् ।अर्थमन्त्री महराले भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।

‘एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन’ अर्थमन्त्री महराले निर्देशन दिँदै भने, ‘एउटा कर्मचारीलाई एक बर्षभन्दा बढी त्यहाँ राख्न भएन ।’  वर्षौदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ्ग गरिरहेको गुनासो आएपछि अर्थमन्त्री महराले यस्तो निर्देशन दिएका हुन् ।

उनले आधुनिक उपकरणसहित सुरक्षाका सबै उपाय अबलम्बन गरेर भन्सारलाइ चुस्त, दुरुस्त र पारदर्शी बनाउन बिशेष निर्देशन दिएको उनको सचिवायले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीहरुलाइ तानिएको बताउँदै अरुका बारेमा समेत अनुसन्धान भइरहेको जानकारी मन्त्रीलाई गराएका थिए । उनले त्यहाँ भएका अनावश्यक कर्मचारी हटाएर थोरै कर्मचारीबाटै चुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको वताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको