Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक लिमिटेडको “SMART TELLER” सञ्चालनमा

बुधबार, १५ फागुन २०७५, १७ : ४० मा प्रकाशित

एनआईसी एशिया बैंक लिमिटेडको “SMART TELLER” सञ्चालनमा

अर्थ संसार, काठमाडौं– एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुदै निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ ।

यसै सिलसिलामा एनआईसी एशिया बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन हाम्रा आदरणीय ग्राहकमहानुभावहरुको सुविधालाई अझ परिस्कृत गर्ने अभिप्रायले बंंैकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका Teller लाई आधुनिकिकरण गरि Smart Teller संञ्चालनमा ल्याएको छ ।

यस Smart Teller मार्फत बैंकका ग्राहक महानुभावहरूले चेक विना नै आफ्नो Mobile Banking तथा Debit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नुहुनेछ । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थपउचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७शाखाकार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

समस्त ग्राहक महानुभावहरूलाई उच्चस्तरीय सेवादिँदै आइरहेको यस एनआई सी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरूको सुझावलाई उच्च सम्मानगर्दै बैंकलाई प्राप्त सुझावहरुलाई मध्यनजर गर्दै अगामी दिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको