Like us!
Follow us!
Connect us!
Watch us!

बाणिज्य बैंकले पनि जारी गर्ने भयो ३० प्रतिशत साधारण सेयर

विहीबार, ०६ माघ २०७३, १४ : ३७ मा प्रकाशित

बाणिज्य बैंकले पनि जारी गर्ने भयो ३० प्रतिशत साधारण सेयर

अर्थ संसार

काठमाडौं–सर्बसाधारणलाई सेयर दिन बाँकी रहको एक मात्र बाणिज्य बैंक राष्ट्रिय बाणिज्य बैंकले सर्बसाधारणलाई ३० प्रतिशत सेयर दिने भएको छ । बैंकले सेयर निस्कानको प्रक्रिया सुरु गरिसकेको जनाएको छ । बैंकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चालु आर्थिक वर्षभित्रै सेयर निष्कासन गर्न आवश्यक प्रक्रिया पूरा गर्ने बताए ।

बैंकले २ वर्षअघि सर्वसाधारणलाई सेयर जारी गर्ने निर्णय गरेको थियो । बाणिज्य बैंकलाई साधारण सेयर जारी गर्न दिने निर्णय सरकारले गरिसकेको छ । उक्त निर्णयलाई बैंकको सञ्चालक समितिले अनुमोदन गरिसकेको प्रमुख कार्यकारी श्रेष्ठले जानकारी दिए । 

बाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको जनाएको छ । बैंकले अघिल्लो वर्षको त्यही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ नाफा गरेको थियो । 

बैंकले आर्थिक बर्षको पहिलो ६ महिनामा १ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा लगानी र निक्षेप अनुपात (सीडी रेसियो) ६६÷३४ प्रतिशत छ । 

चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको बाणिज्य बैंकको भाखा नाघेको कर्जा ३ प्रतिशत हारहारीमा छ । बैंकले धितोपत्रको कारोबार गर्न आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड स्थापना गरिसकेको छ । बैंकले लघुवित्त संस्था समेत स्थापना गर्ने तयारी गरेको जनाएको छ । बैंकका ६८ जिल्लामा १ सय ७१ शाखा र ९० वटा एटिएम मेसिन छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको