Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन गाँजालाई कानूनी मान्यता दिने देशहरु

सोमबार, २० फागुन २०७५, ११ : ०६ मा प्रकाशित

यी हुन गाँजालाई कानूनी मान्यता दिने देशहरु

विश्वका धेरैजसो देशमा अहिले पनि गाँजा प्रतिबन्धित छ । प्रतिबन्ध लागेका देशमा गाँजाको औषधीय प्रयोग समेत गैरकानूनी र वर्जित छ । गाँजा प्रयोगमा लगाइएको प्रतिबन्ध उल्लंघन भएको भेटिएमा निकै कठोर सजाय भोग्नुपर्छ । सिंगापुर, इन्डोनेशिया र मलेशियामा त गाँजा तस्करलाई मृत्यु दण्ड नै दिइन्छ ।

अहिल विश्वमा ३५ भन्दा दशमा गाँजालाइँ कानूनी मान्यता छ । यसरी मान्यता पाप्त देशमध्ये पनि धरेमा औषधी प्रयोग  मात्र  बैधानिक छ । गाँजा कानूनी मान्यता पाउन थालेसँगै अहिले अन्तर्राष्ट्रिय स्तरमा विस्तारै गाँजा अर्थतनत्र फस्टाउन थालेको छ ।

क्यान्सर, मानसिक रोग छारे रोग र दीर्घरोग आदिको उपचारमा प्रयोग हुने औषधीमा गाँजा उपयोग गर्ने क्रम अहिले बढेको छ । औंलामा गन्न सकिने केही देशले मनोरन्जका लागि समेत गाँजाको प्रयोगलाई खुला गरेका छन् । यस्तोमा हामीकहाँ गाँजालाइृ कानूनी मान्यता दिनुपर्ने आवजा सडकदेखि सदनमा आवाज उठ्नु स्वाभाविक नै हो  ।

गाँजाको सबैखाले प्रयोगलाई कानूनी मान्यता दिने उरुग्वे पहिलो देश हो । उसले सन् २०१३ मा गाँजालाई पूर्ण कानूनी मान्यता दिएको थियो । उरुग्वेलाई पछ्याउँदै क्यानडाले सन् २०१८ मा गाँजाको प्रयोगलाई वैधानिक मान्यता दियो । त्यहाँ गाँजाको औषधीय प्रयोग भने सन् २००१ देखि खुला गरिएको थियो ।

अहिले अमेरिकामा पनि ५० मध्ये ४६ ओटा राज्यमा गाँजा प्रयोगलाई कानूनी मान्यता छ । तर यीमध्ये अधिकांश राज्यमा औषधि प्रयोजनमा मात्रै यसको प्रयोग गर्ने छूट छ । अलास्का, क्यालिफोर्निया, कोलोराडोलगायत १० राज्यले मात्रै मनोरञ्जनात्मक गतिविधिमा गाँजा प्रयोगको अनुमति दिएका छन् ।

गाँजा र यसबाट बनेका औषधि निर्यात गरेर उरुग्वे, क्यानडा, इजरायल, अस्ट्रेलिया लगायत केही देशले गाँजा अर्थतन्त्रको प्रवद्र्धन गरिरहेका छन् । २०१७ मा अमेरिकाले गाँजाबाट मात्रै १६ अर्ब डलर आम्दानी गरेको थियो । अन्य देशले पनि यसबाट ठूलो रकम कमाइरहेका छन् ।

सन् २०२५ सम्ममा विश्वमा वैधानिक गाँजा बजारको आकार १ खर्ब ४६ अर्ब डलरभन्दा माथि पुग्ने गतवर्ष सार्वजनिक एक प्रतिवेदनमा बजार अनुसन्धाता संस्था ग्य्रान्ड भ्यू रिसर्च इंकले बताएको छ । सो अवधिमा औषधीय गाँजाको बजार भने ५५ अर्ब डलर माथि पुग्ने अध्ययनहरूले देखाएका छन् ।

गाँजाको औषधीय प्रयोग बढेसँगै अस्ट्रेलिया, क्यानडा, अमेरिका लगायत देशका शेयर बजारमा गाँजा कम्पनीको सूचीकरण हुने क्रम बढेको छ । अस्ट्रेलियाको बेञ्चमार्क शेयर परिसूचक एएसएक्समा मात्रै अहिले २० भन्दा बढी यस्ता कम्पनी सूचीकृत छन् । सन् २०१८ को अन्त्यसम्ममा अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्ज, नास्डाक लगायत स्टक एक्सचेञ्जमा १० भन्दा कम्पनी सूचीकृत भएका छन् ।

गतवर्षको अन्त्यतिर अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले गाँजा हालेर बनाइएको पेय पदार्थ ल्याउने हल्ला पनि चलेको थियो ।तर कम्पनीका सीईओले पछि सो अफवाहको खण्डन गरेका थिए । यद्यपि गाँजाले कानूनी मान्यता पाउने क्रम बढेसँगै भविष्यमा यस्ता पेय पदार्थ पनि नआउलान् भन्न सकिँदैन ।

 गाँजालाई कानूनी मान्यता दिने देशहरु

5c7cbf4a614d4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको