Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

मंगलबार, २१ फागुन २०७५, १० : २६ मा प्रकाशित

लक्ष्मी बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

सन् २००४ अप्रिल महीनामा नेपालको १६औं वाणिज्य बैंकको रूपमा लक्ष्मी बैंक स्थापित भएको हो । कम्पनीको चालू आवको दोस्रो त्रैमासमा वितरणयोग्य नाफा रू. ६७ करोड २१ लाख छ ।

यो गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ५१ करोड ९२ लाख थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । २०७४/७५ को मुनाफाबाट कम्पनीले शेयरधनीलाई ८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

लक्ष्मी बैंक : कम्पनी विश्लेषण (मंगलवार, २१ फागुन २०७५)चुक्तापूँजी रू. ८ अर्ब २२ करोड छ । रिजर्भ कोषको रकम ४८ प्रतिशत बढेर रू. ४ अर्ब ४४ करोड पुगेको छ । प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६१ छ ।

कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • पुस मसान्तसम्ममा कम्पनीले रू. ७५ अर्ब ८९ करोड निक्षेप संकलन गरेको छ भने रू. ७० अर्ब ५७ करोड कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २५ प्रतिशत र कर्जा प्रवाह २८ प्रतिशत बढी हो ।

  • कम्पनीले रू. ४ अर्ब २० करोड ब्याज आम्दानी गरेको छ भने रू. २ अर्ब ७५ करोड ब्याज खर्च गरेको छ । कर्मचारी खर्च ४१ प्रतिशत बढेर रू. ४६ करोड ७ लाख पुगेको छ ।

  • रू. १ अर्ब ४५ करोड खुद ब्याज आम्दानी भएको छ भने सञ्चालन नाफा रू. १ अर्ब ७ करोड छ । पूँजीकोष लागत ७ दशमलव ६८ प्रतिशत र पूँजीकोष पर्याप्तता ११ दशमलव ६६ प्रतिशत छ ।

  • चालू आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ६१, मूल्य आम्दानी अनुपात १२ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ रू. १ सय ५४ दशमलव शून्य ८ र तरलता अनुपात १५ दशमलव १३ प्रतिशत छ । आइतवारको शेयरमूल्य रू. १ सय ८४ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.००७ गुणा

  • अर्निङ यिल्ड रेशियो : ९.५७ प्रतिशत

  • खरीद चाप : कम्पनीको आइतवार भएको शेयर कारोबारमा विक्री चापको तुलनामा खरीद चाप बढी छ । उक्त समयसम्ममा ११ हजार ८ सय ६५ कित्ता शेयर खरीद गर्ने माग र ४ हजार ५ सय ३५ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ६६ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारुबोजु आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । कम्पनीको आरएसआई न्युट्रल जोन ३१ दशमलव ८८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनामा रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १ दशमलव २६ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको सोही अवधिको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. १ सय ८४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. १ सय ९० मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ सय ८३ मा टेवा पाउने सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको