Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद खुला

मंगलबार, २१ फागुन २०७५, १० : ३५ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको ६५ प्रतिशत हकप्रद खुला

अर्थ संसार, काठमाडौं – नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद आजदेखि बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

१ः०.६५ अनुपातको यस हकप्रद माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न सक्नेछन् । यसमा चैत्र २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

 कहाँबाट आवेदन दिने ?

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
 
हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्नेछ ।

5c7e017c456a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको